एमालेबाट स्थानिय तहको प्रमुख पदमा क–कसको छ दाबी

Written by meropradesh creator

५ बैशाख २०७९, सोमबार

रामेछाप । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले रामेछापवाट प्रमुख पदमा दाबी गर्नेहरुको संख्या धेरै रहेको छ ।

निर्वाचनको मिति नजिकीदै जाँदा स्थानिय तहको निर्वाचनमा प्रमख पदमा दावेदार गर्नेको संख्या बढेपछि नेकपा एमाले रामेछापले पार्टीभित्र आन्तरिक छलफललाई तिव्रता दिएको छ । जिल्लामा पाँच दलिय गठवन्धन हुने भएपछि एमाले भित्रवाट कसलाई पालिकाको प्रमुख पदमा उठाउने भन्ने बिषयलाई लिएर पार्टीभित्र आन्तरिक छलफल चलिरहेको नेकपा एमालेका एक नेताले जानकारी दिए ।

नेकपा एमाले रामेछापले पुरानो सदरमुकाम रामेछापमा रहेको रामेछाप नगरपालिकाको प्रमुखमा सर्वसम्मत रुपमा रोशन पाख्रिन र उप–प्रमुखमा सिता केसीलाई यसअघि नै घोषणा गरिसकेको छ । बाँकी अन्य सातवटा स्थानिय तहमा उम्मेदवारका आकाक्षीं धेरै भएकाले कसलाई उम्मेदवार बनाउँदा निर्वाचन जितिन्छ भन्ने बिषयमा एमालले दैनिक जसो गहन छलफल चलाउँदै आएको छ ।

स्थानिय तहको निर्वाचनमा जिल्लाकै ठूलो मन्थली नगरपालिकाको प्रमुख पदमा नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले दावी गरेका छन् । त्यस्तै सोही पदमा एमाले नेताहरु लव श्रेष्ठ, उज्जल सुवेदी, ध्रुव कुमार कार्की, माया कार्की र कृष्णहरी अधिकारी समेतले उक्त पदमा दाबी गर्दै आएका छन् ।

त्यसैगरी उमाकुण्ड गाउँपालिकाको प्रमुखमा हालका पालिका प्रमुख शेरवहादुर सुनुवार र चित्र वहादुर कार्कीले दावी गर्दै आएका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकाको प्रमुख पदमा हालका पालिका प्रमुख खडगवहादुर सुनुवार, बृद्धि वहादुर कार्की र अर्जुन कार्कीले आ–आफ्नो दाबी गर्दै आएका छन् ।

यस्तै लिखु तामाकोशी गाउँपालिकामा सबैभन्दा बढीको दाबी रहेको छ । जसमा हाल पालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले आफुले पाउनु पर्ने बताएकी छिन् । यसवाहेक एमालेका नेताहरु दुर्गा वहादुर श्रेष्ठ, कमल कडेरीया, भोजराज कडेरीया, पुरुषोत्तम कडेरिया, उद्धव कडेरिया, आशवहादुर तामाङ्ग, केशर पौडेल, रमेश वाग्ले, जगन्नाथ दाहाल र बिष्णु बस्नेतले प्रमुख पदमा दावी गर्दै आएका छन् ।

त्यसैगरी दोरम्वा शैलुङ्ग गाउँपालिकाको प्रमुख पदमा दाबी गर्नेहरुमा प्रेम लामा, कोमल ढुंगेल, तुला प्रसाद कँडेल, दानवहादुर थापा र मिलन घिसिङको नाम चर्चामा रहेको छ । त्यस्तै सुनापति गाउँपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट ज्ञान कुमार योन्जन र राजकुमार मैनालीले दाबी गर्दै आएका छन् ।

यसवाहेक खाँडादेवी गाउँपालिकाको प्रमुख पदमा हालका पालिका प्रमुख प्रेमबहादुर तामाङ्ग, ज्ञानकुमार श्रेष्ठ र इन्द्र वहादुर तामाङ्गले दाबी गर्दै आएका छन् । पालिका प्रमुखमा दाबी गर्नेको संख्या धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन एमालेलाई सकस पैदा भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...