एमाले विधान महाधिवेशनमा २३९२ प्रतिनिधि सहभागी हुने, तयारी तीव्र

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३९२ जना सहभागी हुने भएका छन्। आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनका लागि आजदेखि औपचारिक ‘काउन्ट–डाउन’ सुरु गरिएको छ।

संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहभागीमध्ये २१२८ जना प्रतिनिधि र २६४ जना आयोजक रहनेछन्। २०७८ सालमा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई नै यसपटक विधान महाधिवेशनका प्रतिनिधि बनाइएको हो। यसकारण कतिपय केन्द्रीय सदस्य आयोजकको रूपमा मात्र सहभागी हुनेछन्। सहभागीहरूलाई डिजिटल कार्ड उपलब्ध गराइनेछ।

महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न स्वागतद्वार बनाइने निर्णय गरिएको छ। वाग्मती प्रदेश, ललितपुर जिल्ला कमिटी, स्थानीय संरचना र जनसंगठनहरूले स्वागतद्वार निर्माण गर्नेछन्।

त्यसैगरी महाधिवेशनस्थलमा ३०० भन्दा बढी स्वयंसेवक परिचालन गरिनेछ। सञ्चारमाध्यमका लागि व्यवस्थित न्युज डेस्क स्थापना र रिर्पोटिङ पास वितरण गर्ने तयारी पनि भइरहेको छ। स्वास्थ्य सुरक्षाका लागि चिकित्सकसहितको स्वास्थ्य परीक्षण डेस्क तीन सिफ्टमा सञ्चालन गरिनेछ।

एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीबाट विधानसम्बन्धी सुझाव संकलन गर्नेछ। त्यसपछि तयार हुने राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्नेछन्। विधान संशोधन प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नेछन्।

महासचिव पोखरेलले व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महाधिवेशनलाई नीति–विधि तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै सबैलाई गम्भीरतापूर्वक तयारीमा जुट्न आह्वान गरेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...