रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछापले जिल्लाको दुुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहको प्रमुख र उप–प्रमुख पदको टुुङ्गो लगाएको छ ।
एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुखमा लव श्रेष्ठ र उप–प्रमुखमा इश्वरी बस्नेतलाई अघि सारेको छ । त्यसैगरी रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रीन र उप–प्रमुखमा सिता केसीलाई उम्मेदवार बनाएको हो । त्यस्तै उमाकुुण्ड गाउँपालिकाको प्रमुखमा पुनः यसअघिका पालिकाका अध्यक्ष शेरवहादुर सुनुवारलाई नै उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा गंगा कार्कीलाई अघि सारेको छ ।
त्यसैगरी गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः यसअघिका अध्यक्ष खड्गबहादुुर सुनुवार र राधिका श्रेष्ठलाई नै उम्मेदवार वनाएको नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा कमल कडेरिया र उपाध्यक्षमा दिपा पाख्रिनलाई उम्मेदवार वनाएको छ ।
यसैगरी दोरम्बा शैलुुङ्ग गाउँपालिकाको अध्यक्षमा टंक चौलागाई र उपाध्यक्षमा मुना कडेललाई उम्मेदवार बनाएको छ । त्यस्तै सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार योञ्जन र उपाध्यक्षमा रीता गौतमलाई उम्मेदवार वनाएको छ भने खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाएको हो ।
नेकपा एमालेले नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार दिने व्यक्तिहरु छनौट गरेपछि ६४ वटै वडाका वडाअध्यक्षहरुको पनि उम्मेदवारको टुुङ्गो लगाउने काम भइरहेको नेकपा एमाले रामेछापले जनाएको छ ।