रामेछाप । पार्टीको निती र विधी विपरीत स्वतन्त्र रुपमा उम्मेदवारी दिने नेकपा एमाले रामेछापका २ जना जिल्ला कमिटीका सदस्यलाई पार्टीले कारवाही गरेको छ ।
पार्टीको निती विपरित स्थानिह तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका मन्थली नगरपालिका–१३ फुलासीका भगवती चौहान र नेकपा एमलोका जिल्ला सल्लाहकार परिषद् सदस्य कृष्ण पौडेललाई नेकपा एमाले पार्टीको विधान अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीको सवै जिम्मेवारीवाट हटाइएको नेकपा एमाले रामेछापले जनाएको छ ।
नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले हस्ताक्षर गरी निकालीएको एक विज्ञप्तीमा भनिएको छ, पार्टीको निती र विधी विपरित कार्य गरेको भन्दै दुई सदस्यलाई कारवाही स्वरुप पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ ।
रामेछापमा नेकपा एमाले वाहेक अन्य पार्टीहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगाएत अन्य राजनितीक दलमा समेत स्वतन्त्र रुपमा उम्मेदवारी दिएता पनि कुनै पनि दलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई कुनै पनि कारवाही गरेको छैन ।