एमाले रामेछापले गर्यो संघ र प्रदेशमा जाने उम्मेदवारको नाम सिफारिस

Written by meropradesh creator

२१ भाद्र २०७९, मंगलवार

रामेछाप । आगामी मंसिर ४ हुने प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ उम्मेदवार वन्ने उम्मेदवारको नाम जिल्लावाट छनौट गरी केन्द्रमा सिफारिस गरेको छ ।

नेकपा एमाले पार्टी कार्यालय रामेछापमा सोमवार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा बागमती प्रदेश सभा सदस्य एवं एमालेका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुंगेल, केन्द्रीय सदस्य माधव ढुंगेल, बागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमको नाम सिफारिस गरेको छ । त्यस्तै कमल प्रसाद चौलागाई र केशरवहादुर बुढाथोकीको नाम बैठकले सिफारिस गरेको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोही बैठकले प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ गीता कार्की, नाम्गेल शेर्पा, धनमाया सार्की र यसिमा महतको नाम सिफारिस गरेको हो । त्यसैगरी केही दिन अघि पार्टी कार्यालयमा बसेको बैठकले प्रदेश सभा तर्फ जाने उम्मेदवारको नाम समेत पार्टीले सिफारिस गरिसकेको छ ।

जसमा प्रदेश सभा क निर्वाचन क्षेत्रतर्फवाट प्रत्यक्ष तर्फ शान्तिप्रसाद पौडेल, अर्जुनकुमार कार्की, उद्धव प्रसाद कडरिया, पर्शुराम बस्नेत, अनिल कार्की, कुमार कार्की, बुद्धिवहादुर कार्की र केशर पौडेलको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ २ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभा ख निर्वाचन क्षेत्रवाट प्रत्यक्षतर्फ प्रेमवहादुर तामाङ, भुवन विक्रम घिमिरे, इन्द्रवहादुर तामाङ, मिलन घिसिङ र रविन्स लामाको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ १० जनाको नाम सिफारिस गरेको नेकपा एमाले रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...