एमाले रामेछापको वडा तथा पालीका अधिबेसनको तयारी पुरा

Written by meropradesh creator

४ कार्तिक २०७८, बिहीबार

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापले वडा तथा पालीका अधिबेसनको तयारी पुरा भएको बताएको छ । जिल्ला पार्टी कार्यलय मन्थलीमा बिहिबार पत्रकार सम्मेलन गरी वडा र पालीका अधिबेसनको तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापले कार्तिक ६ गते जिल्लाका सवै वडा कमिटी र कार्तिक ९ गते सवै पालिका कमिटीको अधिवेशन गर्दै छ । पत्रकार सम्मेलनमा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकामा कार्तिक ६ गते शनिबार र ६२ वटा वडामा कार्तिक ९ गते मंगलबार अधिवेशन गर्ने गरी तयारी गरेको जानकारी दिए । श्रेष्ठका अनुसार दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ६ र ७ मा अधिवेशन सम्पन्न भै नेतृत्व चयन भैसकेको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङले वडा तथा पालिका अधिवेशनको तयारी पुरा भएको र अधिवेसनलाई कम खर्चमा सम्पन्न गर्ने र बृहत सहभागिता मुलक बनाउने गरी पार्टी लागेको जानकारी दिए । यसअघि गत भदौ २७ गते आइतबार एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गते माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको समयमा फर्काएर सवै सांगठनिक संरचनाहरुलाई क्रियाशिल बनाउने र वडा तथा पालिकाहरुको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...