रामेछाप । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन यहि बैशाख २६ गते देखी २८ गते सम्म जिल्ला सदरमुकाम मन्थलीमा रहेको तीनलाल पर्यटकीय पार्कमा हुने भएको छ । तिन दिन सम्म चल्ने अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।
अधिबेशनमा भूगोल, विभाग र मनोनीत गरी ७०० जना प्रतिनिधिको सहभागी हुने सचिव पुरुषेतम कडरियाले जानकारी दिएका छन् । कडरियाका अनुसार भूगोल र विभागबाट ६६७ जना र ३३ जना मनोनीत गरि ७ सय प्रतिनिधिहरूले अधिवेशनमा भाग लिने बताए । नवौँ जिल्ला अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने नेकपा एमाले रामेछापको जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले बताएका छन् । उनका अनुसार खुलातर्फ तीन जना महिला, दुई जना युवा सहित १० जना, विशेष समावेशीतर्फ तीन जना महिला, दुई जना युवा र ४ जना खुला गरी ९ जना निर्वाचित हुने छन् ।
यसमा दलित तर्फ एक जना महिला, एक युवा, एक खुला गरी ३ जना, जनजातितर्फ एक महिला, एक युवा, एक खुला गरी तीन जना, अपाङ्ग एक जना, अल्पसङ्ख्यक एक महिला र एक खुला गरी दुई जना निर्वाचित हुनेछन् । भूगोलतर्फबाट ६६ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित हुने छन् ।