रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । वर्तमान कार्यसमितिका उपाध्यक्ष प्रेमबहादुर तामाङ, सचिव आनन्दकुमार श्रेष्ठ र उप–सचिव झम्क कडेंलको उम्मेदवारी परेको निर्वाचन अधिकृत नबराज घिमिरेले जानकारी दिए । अधिकृत घिमिरेका अनुसार सहमतीको प्रयास असफल भए संगै निर्वाचन प्रक्रिया सुरु भएको हो । प्रेम बहादुर तमाङ्ग खाँडादेवी गाउँपालिकाका प्रमुख तथा पार्टी उपसभापती हुन , आनन्द श्रेष्ठ हाल पार्टी सचिबको रुपमा रहेर काम गरेका छन् भने एमाले बिभाजनको समयमा पार्टी सभापतीको रुपमा रहेर काम गरी सकेका छन् । झम्क कडेंल भने पार्टीको सह सचिबको रुपमा रहेर काम गरी रहेका छन् ।
यस्तै जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, रमेश वाग्ले, नारायण प्रसाद पौडेल, भुवन विक्रम घिमिरे, ध्रुबकुमार कार्की, सुमन कुमार लामाको उम्मेदवारी परेको छ । यस्तै सचिवमा पुरुषोत्तम कडरिया, गोपाल श्रेष्ठ र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ भने उप–सचिवमा सवैभन्दा धेरै दाबेदार देखिएका छन् । उप–सचिवमा प्रकाशकुमार कार्की, चन्द्र बहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकालको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले शनिबार दिउँसो १ बजेबाट निर्वाचन प्रक्रिया सुरु गरेको थियो । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा, विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी आठ सय १४ जना मतदाता रहेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...