काठमाडौं । नेकपा एमाले नेता एवं पुर्व मन्त्री प्रदीप नेपालको पार्थिव शरीरमा नेकपा एमालेको झण्डा ओडाउन परिवारले दिएन्् । नेकपा एमालले पार्टिकार्यलयमा श्रद्धाञ्जली कार्यक्रम राख्ने तयारी गरेको थियो । तर परिवारले पार्टि कार्यलयमा शब लैजान र पार्टिको झण्डा नओडाउने भने पछी सबै कार्यक्रम स्थिगित भएको छ ।
एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको भए पनि परिवारले नेता नेपालको इच्छापत्र अनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धान्जलीका लागि नराखिने अडान राखेपछि यस अघिको निर्णयमा पुनरवलोकन गरिएको एमाले नेताहरूले जनाएका छन् ।
उपचारकै क्रममा केही बेरअघि नर्भिक अस्पतालमा निधन भएका प्रदीप नेपालको आजै पशुपतिमा दाहसंस्कारको तयारी हुँदैछ । भतिजा महेश नेपालका अनुसार बेलुका ६ः३० बजे विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्ने तयारी छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...