एमाले नेता गौतमले पठाए नयाँ एन्टिजेन किट

Written by meropradesh creator

१५ जेष्ठ २०७८, शनिबार

रामेछाप । नेकपा एमालेका नेता एवं खानी निमार्ण प्रा.लि.का प्रोपाइटर रत्न गौतमले सरकारी मान्यता प्राप्त “स्योर स्टाटस” एन्टिजेन किट १ हजार थान शुक्रवार जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका छन् ।
जिल्लामा एन्टिजेन किट अभाव भएर कोरोना संक्रमितहरुको परीक्षण गर्न समस्या भएपछि नेकपा एमालेका नेता गौतमले आफ्नो व्यक्तिगत लगानीमा गत मगंलवार १ हजार थान “हाइटप” एन्टेजिन किट, ६० वटा ग्याँस सहितको सिलिण्डर अक्सिजन, ५० थान अक्सो मिटर, २ सय ५० थान पिपीइसेट लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
संकट व्यवस्थापन केन्द्रले उक्त किट पाउनासाथ तत्काल ८ वटै स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा पठाएर कोरोना संक्रमित विरामीहरुको परीक्षण शुरु गरेको थियो । कोरोना संक्रमितको परीक्षणको क्रममा कीट माथि संका लागेर स्वास्थ्यकर्मीहरुले उक्त किटको बिषयमा स्वास्थ्य मन्त्रालयमा जानकारी लिदा नेपाल सरकारवाट मान्यता प्राप्त नभएको देखिएपछि परीक्षण रोकेका थिए ।
यसअघि नेता गौतमले जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको किट सरकारी मान्यता प्राप्त गर्न बाँकी रहेको देखिएपछि उक्त किटको सट्टामा नेता गौतमले सरकारी मान्यता प्राप्त १ हजार थान एन्टिजेन किट जिल्लामा पुनः पठाएका हुन् । किट सँगै नेता गौतमले ९ वटा ग्याँस सहितका ठूला अक्सिजन सिलिण्डर, ५ वटा बिरामी राख्ने बेड, ५ हजार थान सर्जिकल मास्क र २ सय थान ग्लोब्स लगाएतका सामाग्रीहरु जिल्ला स्तरीय कोभिड संकट व्यस्थापन केन्द्रलाई शुक्रवार हस्तान्तरण गरिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।
उनले भने– यसअघि संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको किट नेपाल सरकारवाट मान्यता प्राप्त हुन वाँकी रहेको देखिएपछि तत्काल नै त्यसलाई प्रयोगमा रोक लगाएर पुनः नयाँ सरकारवाट मान्यता प्राप्त किट ल्याएर हस्तान्तरण गरिसकेका छौं । पहिला हस्तान्तरण गरिका किटहरु संकलन गरेर राखी छाड्ने पछि कम्पनीले मान्यता प्राप्त गरेपछि पुनः त्यो किट पनि प्रयोगमा ल्याउन सकिने अध्यक्ष श्रेष्ठले बताए ।
यसअघि गत मगंलवार नेता गौतमले संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको हाइटप एन्टिजेन किट छबी ट्रेड कन्सर्न काठमाण्डौंबाट खरिद गरिएको थियो । विक्रेताले यसअघि उक्त किट नेपाल सरकारसँग मान्यता प्राप्त गरि वजारमा विक्री गरेको भएता पनि यो पटक भने उत्पादन भएको किट सरकारी अनुमती नलिईकन बजारमा विक्री गरेको भेटिएको छ । किट सूचिकृत प्रक्रियामा रहेको जानकारी विक्रेताले गरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– किट किन्ने व्यक्तीलाई सरकारी मान्यता छ की छैन भन्ने थाहाँ हुँदैन । योत किट विक्रीवितरण गर्ने कम्पनीले  नेपाल सरकारसँग सूचिकृत गरि अनुमती लिएर मात्रै बिक्री गर्नुपर्ने हुन्छ । सरकारसँग अनुमती नै नलिई वजारमा किट विक्रीवितरण गर्ने कम्पनीलाई आवश्यक कारवाही गरिनुपर्ने पनि डा.कर्णले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...