बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राधाकृष्ण कँडेल विजयी भएका छन् । मंगलबार सम्पन्न भएको अधिबेशन बाट कँडेल एमालेको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।
नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान आएको अन्तिम मतपरिणाम अनुसार कँडेलले अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै विजयी भएका हुन् । कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत प्राप्त गरे । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी भएका छन् । महिला उपसचिवमा लिला राना मगर विजयी भएकी छन् ।
यसअघि प्रदेश इन्चार्ज, अध्यक्ष र सदस्य समेत पार्टी केन्द्रबाटै मनोनीत हुँदै आएका थिए । ३ असोज २०७२ मा संविधानसभाबाट संघीय संरचनासहितको संविधान जारी भएपछि विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको नेतृत्व लिएका थिए । त्यसबेला पौडेल एमाले उपमहासचिव थिए ।