एमाले कार्यकर्ता द्वारा जिसस रामेछापमा ताला

Written by meropradesh creator

३० चैत्र २०७७, सोमबार

रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेका कार्यकर्ताले ताला लगाएको छ । जिल्ला समन्वय समितिको हलमामा नेकपा एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला बोलाएको थियो ।
राष्ट्रिय राजनीतिक र पार्टीबाट निर्वाचित जनप्रतिनिहरुले खेल्नु पर्ने भूमिकाको विषयमा छलफल गर्न पार्टीले आयोजना गरेको जनप्रतिनिधीहरुको भेलामा आफ्नै पार्टीका कार्यकर्ताले जनप्रतिनिधीहरुलाई भित्र धुनेर समन्वय समितिको गेटमा ताला लगाएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भने बाहिर रहेका छन ।
समन्वय समितीमा भएको छलफलमा बागमती प्रदेश कमिटीका सह–इन्चार्ज शेरबहादुर तामाङ पार्टीका नेता तथा समितिका पदाधिकारी स्थानीय तहका प्रमुख एवं कार्यपालिकाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख एवं सदस्यहरु, प्रदेश सांसद, जिल्ला सचिवालयका सदस्यहरु र पालिका कमिटीका पदाधिकाहरुको सहभागीतारहेको छ ।
लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष गोबिन्द बहादुर खड्कालाई कार्यक्रममा सहभागी गराएको भन्दै जिससको गेटमा ताला लगाउन परेको लिखुतामाकोशी गाउँपालिका–६ का वडा अध्यक्ष शिब प्रसाद न्युपानेले बताए । उनका अनुसार नेकपा एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको गाउँपालिका अध्यक्ष खड्कालाई कार्यक्रममा सहभागी गराएको भन्दै ताला लगाएको बताए ।
गाउँपालिका अध्यक्ष खड्काले बिना गल्ती उपप्रमुख दिपशिखा दाहाल न्यौपाने र वडा अध्यक्ष सुवास बोहोरालाई मुलुकी फौजदारी संहितामा मुद्धा दर्ता गराएर फसाउन लागेको वडा अध्यक्ष न्यौपानेको आरोप छ । बुधबार सो मुद्धामा गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपाने र वडा नम्बर ७ का वडा अध्यक्ष सुवाश बोहोरालाई काठमाण्डौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो । गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपाने र वडा नम्बर ७ का वडा अध्यक्ष सुवाश बोहोरा अपराधिक लाभ एक्टेक्सन मुद्धामा दोषि ठहर भएको भन्दै काठमाण्डौं जिल्ला अदालतले मुद्धा फैसला गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्कालाई भने जति चन्दा नदिए गोली हानेर मार्ने धम्की दिएको आरोपमा लोप्सन भन्ने मिलन तामाङ र अमृत तामाङसगैं अभियुक्त बनाईएका उनीहरुलाई बुधबारनै काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले दोषी ठहर गरेको थियो । उक्त मुद्धामा आरोपित तिल्पुङकै ध्रुब कार्कीलाई भने अदालतले सफाई दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...