एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेलको दाबी

Written by meropradesh creator

७ आश्विन २०८०, आईतवार

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका प्रभावशाली नेता कैलाश ढुङ्गेलको दाबी रहेको छ । बागमती प्रदेश कमिटीको अध्यक्षमा ढुङ्गेलको सम्भावना बन्दै गएको एमाले स्रोतले समेत बताएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी समेत सम्हाल्दै आएका ढुङ्गेलको उम्मेदवारी स्वाभाविक भएको स्रोतको भनाई छ । अध्यक्षका अन्य दावेदार भन्दा ढुङ्गेलको सम्भावना बलियो बन्दै गएको समेत स्रोतको दाबी छ । ढुङ्गेलले असोज ८ र ९ गते काठमाडौँ हुने एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका छन् ।
बागमती प्रदेशको पूर्व आर्थिक मामिला मन्त्री बन्दा पार्टीको छवि राम्रो बनाएको कारण समेत  ढुङ्गेलको विरुद्ध अन्य उम्मेदवार नहुने उनी निकट नेताहरूको भनाई छ । ढुङ्गेल २०४८ बाट लगातार तीन पटक रामेछापको पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष हुँदै २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति रामेछापको सभापति भएका थिए ।\
२०७४ मा बागमती प्रदेशसभा सदस्य बनेका उनले बागमती प्रदेशको पहिलो आर्थिक मामिला मन्त्री बन्दै प्रदेशको विकासको प्राथमिकता सहितको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न अहम् भूमिका खेलेका थिए ।
अध्यक्षमा ढुङ्गेलसँगै एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल वाग्मती प्रदेश कमिटीका वर्तमान अध्यक्ष केशव पाण्डे र बाग्मती प्रदेशका पूर्व सभामुख सानु श्रेष्ठले पनि एमाले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।पार्टीको आवश्यकता अनुसार आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने तय गरेको ढुङ्गेलले बताए । उनले भने,‘मलाई पार्टीले दिएको जिम्मेवारी प्रतिबद्ध भएर पूरा गर्दै आएको छु, बागमती प्रदेश कमिटीको अध्यक्ष भएर एक पटक काम गर्ने चाहना छ ।’

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...