एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेलको दाबी

Written by meropradesh creator

७ आश्विन २०८०, आईतवार

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका प्रभावशाली नेता कैलाश ढुङ्गेलको दाबी रहेको छ । बागमती प्रदेश कमिटीको अध्यक्षमा ढुङ्गेलको सम्भावना बन्दै गएको एमाले स्रोतले समेत बताएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी समेत सम्हाल्दै आएका ढुङ्गेलको उम्मेदवारी स्वाभाविक भएको स्रोतको भनाई छ । अध्यक्षका अन्य दावेदार भन्दा ढुङ्गेलको सम्भावना बलियो बन्दै गएको समेत स्रोतको दाबी छ । ढुङ्गेलले असोज ८ र ९ गते काठमाडौँ हुने एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका छन् ।
बागमती प्रदेशको पूर्व आर्थिक मामिला मन्त्री बन्दा पार्टीको छवि राम्रो बनाएको कारण समेत  ढुङ्गेलको विरुद्ध अन्य उम्मेदवार नहुने उनी निकट नेताहरूको भनाई छ । ढुङ्गेल २०४८ बाट लगातार तीन पटक रामेछापको पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष हुँदै २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति रामेछापको सभापति भएका थिए ।\
२०७४ मा बागमती प्रदेशसभा सदस्य बनेका उनले बागमती प्रदेशको पहिलो आर्थिक मामिला मन्त्री बन्दै प्रदेशको विकासको प्राथमिकता सहितको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न अहम् भूमिका खेलेका थिए ।
अध्यक्षमा ढुङ्गेलसँगै एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल वाग्मती प्रदेश कमिटीका वर्तमान अध्यक्ष केशव पाण्डे र बाग्मती प्रदेशका पूर्व सभामुख सानु श्रेष्ठले पनि एमाले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।पार्टीको आवश्यकता अनुसार आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने तय गरेको ढुङ्गेलले बताए । उनले भने,‘मलाई पार्टीले दिएको जिम्मेवारी प्रतिबद्ध भएर पूरा गर्दै आएको छु, बागमती प्रदेश कमिटीको अध्यक्ष भएर एक पटक काम गर्ने चाहना छ ।’

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...