रामेछाप । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागी रामेछापका नेता कैलाश ढुङ्गेल सहित पाँच जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले रामेछापका प्रभावशाली नेताको रूपमा पहिचान बनाएका नेता कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
ढुङ्गेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुङ्गेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।
त्यसै गरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष रहेको नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले भने भोलि बिहान सम्म केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सम्भावना रहेको छ । निर्वाचन हुँदा नेता ढुङ्गेलको राम्रो सम्भावना छ । उहाँ मन्त्री हुँदा प्रभावकारी कार्य गरेको कारण पनि अध्यक्षमा सबै नेता कार्यकर्ता ढुङ्गेलको समर्थनमा छ श्रेष्ठले भने ।