एक्काईस वटा अटो ट्राफिक प्रहरी निययन्त्रणमा

Written by meropradesh creator

१९ पुष २०७७, आईतवार

रामेछाप । लामो समयदेखीद जिल्ला सदरमुकाम मन्थलीमा नै नियम बिपरित संचालन हुँदै आएका २१ अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ ।
सदरमुकाम मन्थली लगाएतका स्थानमा संचालन भएका अटो व्यवसायीहरुले यात्रुहरुसँग मनलाग्दी रुपमा भाडा असुल्ने गरेको र आवश्यक कागजात बिना नै अटो संचालन गरेको यात्रुहरुले प्रहरीलाई गुनासो गरेका थिए । यात्रुहरुको गुनासोको आधारमा जिल्ला ट्राफिक प्रहरीले गरेको चेकजाँचको क्रममा २१ वटा अटोका कागजात विना नै संचालन गर्दै आएको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।
उनले भने– केही दिन अघि अटोमा यात्रा गर्ने यात्रीहरुले अटो व्यवसायीहरुले मनलाग्दी बढी भाडा असुल्ने गरेको गुनासो गरेसँगै हामीले चेकजाँचलाई कडाई गरेका थियौं । चेकजाँचको क्रममा सदरमुकाममा संचालित २१ वटा अटो व्यवसायीहरुले कागजात विना नै अटो संचालन गर्दै आएको भेटिएकाले ती सवै अटो प्रहरीको नियन्त्रणमा लिएका छौं । व्यवसायीहरुले आवश्यक कागजात ल्याएपछि मात्रै अटो संचालन गर्न दिने ट्राफिक प्रमुख पाण्डेले बताए । सदरमुकाम मन्थलीमा रहेको भुमेथान यातायात प्रालिले दुईवर्ष अघि जिल्ला प्रशासन कार्यालय रामेछापमा विधिवत रुपमा दर्ता गरी अटो व्यवसाय संचालनमा ल्याएको हो । हाल उक्त प्रालिमा ३५ वटा दर्ता रहेका छन् । यसवाहेक जिल्लामा संचालन भएका अन्य अटो व्यवसायीहरुले दर्ता प्रक्रिया विना नै व्यवसाय संचालन गर्दै आएको भुमेथान यातायात प्रालिका जिल्ला अध्यक्ष पदमबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने– हामीले अरु व्यवसायीहरुले व्यवसाय नै नगरुन भन्ने हैन् । कम्तीमा व्यवसाय संचालन गर्दा कानुन अनुसारको आवश्यक प्रक्रिया पुर्याएर गर्नुपर्ने हो त्यो भएको देखिएन् । सवै व्यवसायीहरुले कागजी प्रक्रिया पुरा गरेर अटो संचालन गर्न अनुरोध गरेका छौं ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...