‘एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य’ अध्ययन गर्दै बागमती प्रदेश सरकार

युवराज श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय सम्भावनालाई व्यवस्थित विकास गर्न ‘एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य’ अवधारणाअन्तर्गत अध्ययन सुरु गर्ने भएको छ । प्रदेशको १५ वर्षे पर्यटन रणनीतिक योजना कार्यान्वयनका क्रममा चालु आर्थिक वर्षमै उक्त अध्ययन अघि बढाइने संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई आर्थिक उन्नति र रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको सम्भाव्यता पहिचान गर्न लागेको हो । मन्त्रालयका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा विशिष्ट पर्यटकीय गन्तव्य छनोट गरी त्यसको पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटन गतिविधि विस्तार गरिनेछ ।

संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बागमतीलाई मुलुककै अग्रणी पर्यटकीय ‘ब्राण्ड’का रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै पर्यटन व्यवसायीलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

रणनीतिक योजनाअन्तर्गत पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवर्द्धन, साहसिक पर्यटन महोत्सव आयोजना, होमस्टे क्षमता विकास, पर्यटन गाइड तालिम तथा डिजिटल प्रचार अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीका अनुसार मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, आरोग्य पर्यटनको सम्भाव्यता अध्ययन, नयाँ हिमशृङ्खलाको पहिचान तथा आरोहण रुटको अन्वेषण लगायत कार्यक्रमसमेत अघि बढाइनेछ । साथै सिन्धुपाल्चोकमा ‘¥याफ्टिङ स्कूल’ सञ्चालन गर्ने तयारी पनि गरिएको छ ।

‘बागमती पर्यटन डिजिटल अभियान’मार्फत अन्तर्राष्ट्रियस्तरका भ्लगर तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तिमार्फत प्रदेशका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिने मन्त्रालयले जनाएको छ ।

हाल बागमती प्रदेशमा काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदा, चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ क्षेत्र, गोसाइँकुण्ड, पदयात्रा र ¥याफ्टिङजस्ता साहसिक पर्यटन गन्तव्य प्रमुख आकर्षणका रूपमा रहेका छन् । तर कमजोर पूर्वाधार, पर्यटक व्यवस्थापनको अभाव, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताजस्ता चुनौतीले पर्यटन विकास प्रभावित भएको मन्त्रालयको विश्लेषण छ ।को छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...