सिरहा — कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मेयर साहले वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण योजनाको भुक्तानी दिन सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेका थिए। बिचौलियामार्फत घुस माग भइरहेको भन्ने सूचना पाएपछि अख्तियारको टोलीले उनलाई घुस रकम बुझिसकेको अवस्थामा पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा मेयर साहले घुस मागेको पुष्टि भएपछि शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। रामपुकार साह नेकपा एमालेबाट निर्वाचित मेयर हुन्।









