एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पताल र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र वार्षिक व्यावसायिक योजना पेश गर्न निर्देशन दिएको छ। संस्थागत कार्यक्षमता अभिवृद्धि, योजनाबद्ध रूपमा काम अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यसहित मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राप्त हुने योजनाको आधारमा मन्त्रालय र मातहतका संस्थाबीच कार्य सम्पादन सम्झौता गरिनेछ। “हाम्रो लक्ष्य स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र प्रत्येक संस्थालाई आफ्नो लक्ष्यप्रति जिम्मेवार बनाउनु हो,” उनले भने, “सम्झौताले वार्षिक कार्ययोजनाको प्रगति मापन गर्न सजिलो बनाउँछ।”

विगतमा बजेट भाषणमा समावेश भएका धेरै स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुने, बजेट समयमै खर्च हुन नसक्ने जस्ता गुनासो दोहोरिँदै आएका थिए। महालेखा परीक्षकको प्रतिवेदनले पनि यी कमजोरी बारम्बार औंल्याउँदै आएको छ। यही समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आर्थिक वर्षको सुरुवातमै सक्रियता देखाएको हो।

स्वास्थ्य संस्थाहरूको स्थापना, सञ्चालन तथा स्तरोन्नति निर्देशिका, २०७० ले प्रस्तावित संस्थाका लागि व्यावसायिक योजना आवश्यक हुने व्यवस्था पहिल्यै गरेको भए पनि, सञ्चालनमा रहेका सबै संघीय संस्थालाई एकैपटक यस्तो योजना पेश गर्न परिपत्र गरिएको यो पहिलोपटक हो। मन्त्रालयका उच्च अधिकारीका अनुसार, अब स्वास्थ्य क्षेत्रमा कार्य सम्पादन सम्झौता प्रभावकारी रूपमा लागू गरी स्रोत र साधनको अधिकतम उपयोग गर्दै विशेष सेवा विस्तार र समग्र स्वास्थ्य सेवा प्रवाह सुदृढ पारिनेछ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...