द्वन्द्वपीडित महिलालाई व्यवस्था गर्‍यो ः द्वन्द्वपीडित महिला

Written by meropradesh creator

७ आश्विन २०८०, आईतवार

रामेछाप –द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल रामेछापले द्वन्द्वपीडित महिलालाई सरकारले व्यवस्था गरेको बताएका छन् । १० वर्षको लामो द्वन्द्वको अन्त्य भएको धेरै लामो समय वितेपनि अझै तीनै तहको सरकारले द्वन्द्वपीडित परिवारलाई न्याय दिन नसकेको भन्दै रामेछापका द्वन्द्वपीडित महिलाहरूले गुनासो गरेका छन् ।
द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल रामेछापले आयोजना गरेको न्यायमा पहुँचको सबलीकरण कार्यक्रममा सहभागी भएका द्धन्दपिडित महिलाहरूले सरकारले व्यवस्था गरेको भन्दै गुनासो राखेका छन् ।
सहभागी अधिकांश महिलाहरूले द्वन्द्वका अङ्गभङ्ग तथा अपाङ्गता बनाइएका कैयौँ पीडितहरूले अझै उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आएको भन्दै गुनासो समेत राखेका छन् ।  स्थानीय प्रदेश र सङ्घीय सरकारबाट पीडितहरूको लागि आर्थिक, सामाजिक, शिक्षा र स्वास्थ्य र क्षेत्रमा हाल सम्म कुनै कार्यक्रम ल्याउने प्रयास नभएको भन्दे पीडित महिलाहरूले गुनासो समेत राखेका छन् ।
सरकारले द्धन्द पीडित लाई न्याय दिन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरे पनि ती आयोगहरूले प्रभावकारी काम नगर्दा द्धन्द पीडित परिवारले न्यायको लागि लामो समय पर्खिदा पनि अहिले सम्म सरकारले कुनै काम अगाडी बढाउन नसकेको पीडितहरूको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले कार्यक्रम एकदम राम्रो रहेको बताएकी छन् । कुनै पनि पीडित महिलाको सहयोगका लागि आफू सधैँ तयार रहने प्रमुख खड्काले बताइन । खड्काले भनिन् कुन पक्ष बाट को पीडित भनेर हैन । सबै एक भएर मिलेर अघि बढ्न पर्छ । हामीले गर्ने सहयोग सधैँ रहन्छ । धेरै दिदी बहिनीहरूको कुरा सुन्दा अझै आँखा रसाउँछ । ठुलो समस्या छ । स्थानीय सरकारले गर्ने काम स्थानीय सरकारे गर्न पर्छ । जुन द्वन्द्व बाट स्थानीय सरकार र प्रदेश सरकार बनेको छ । अहिलेको संरचना आएको छ । यस प्रति ध्यान दिनु पर्छ प्रमुख खड्काले भनिन् ।
कार्यक्रम द्वन्द्व पीडित महिला सञ्जाल रामेछापकी अध्यक्ष हिराकुमारी गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का ,उपप्रमुख प्रेम सागर थापा ,राजनीति दलका प्रतिनिधिहरू,नागरिक समाजका तथा सञ्चार कर्मीहरूको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...