दुईवटा मुद्धामा अध्यक्ष खड्काले पाए सफाई

Written by meropradesh creator

१० कार्तिक २०७८, बुधबार

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्का माथी लागेको जर्बजस्ती करणी र शरिर बन्धक दुईवटा मुद्धाबाट अध्यक्ष खड्काले सफाई पाएका छन् ।

अध्यक्ष खड्काको विरुद्धमा परेका दुईवटै मुद्धाको फैसला रामेछाप जिल्ला अदालतले मंगलवार गरेको हो । रामेछापका जिल्ला अदालतका जिल्ला न्यायाधीस बद्रीप्रसाद ओलीको एकल इजलासले खड्का विरुद्ध परेको दुईवटै मुद्धामा सरकारी दावी प्रमाण नपुग्ने भन्दै सफाई दिने निर्णय गरेको रामेछाप जिल्ला अदालतले जनाएको छ ।

करिव डेढवर्ष अघि लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत एक महिलाले आफु माथि अध्यक्ष खड्काले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा अध्यक्ष विरुद्ध जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएकी थिइन । त्यसैगरी लिखु तामाकोशी गाउँपालिकामा सडक निमार्ण गर्न गठित उपभोक्ता समितिका पदाधिकारी दर्पण घिसिङलाई गाउँ पालिकाको कार्यालयमा आएको समयमा अध्यक्ष खड्काले कोठामा थुनी योजनाको रकम भुक्तानी दिन दबाव सिर्जन गरेको भन्दै अध्यक्ष खड्का माथि शरिर बन्धक मुद्धा प्रहरीमा दर्ता गराएका थिए ।

अध्यक्ष खड्का माथि परेको दुवै मुद्धाको बिषयमा अध्यक्ष खड्कालाई प्रहरीले हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय रामेछापले आवश्यक राय सहित जिल्ला सरकारी वकील कार्यालयमा पेश गरेको थियो । सरकारी वकील कार्यालयले प्रहरीको रायको आधारमा अभियोग–पत्र तयार गरि रामेछाप जिल्ला अदालतमा पेश गरेको थियो ।

सरकारी वकील कार्यालयले गरेको मागदावीको आधारमा रामेछाप जिल्ला अदालतले अध्यक्ष खड्कालाई पुर्पक्षका लागि कारागार कार्यालय रामेछाप जेल चलान गरेको थियो । पछि अध्यक्ष खड्काले रामेछाप जिल्ला अदालतले गरेको निर्णय आफुलाई चित्त नबुझेको भन्दै रामेछाप जिल्ला अदालत विरुद्ध उच्च अदालतमा पेश गरेका थिए । खड्काले उच्च अदालतमा पेश गरेको कागजातको आधारमा उच्च अदालते तत्काल अध्यक्ष खड्कालाई तारेखमा छाड्न आदेश दिएसँगै रामेछाप कारागारवाट ४ महिनापछि उनी रिहा भएका थिए ।

अध्यक्ष खड्का कारागारवाट रिहा भएसँगै उनले लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षको भुमिका निर्वाहा गर्दै नागरिकहरुको सेवामा अहोरात्र खटेर काम गर्दै आफु विरुद्ध परेको मुद्धाका बिषयमा पनि लड्दै आएका थिए । अध्यक्ष खड्का माथि परेको झुटो मुद्धाको बिषयमा सम्मानित रामेछाप जिल्ला अदालतले ढिलै भएपनि न्याय दिलाएको महसुस भएको नेपाल वार रामेछापका अधिवक्ता यादव प्रसाद दाहालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...