दुई ठुला पार्टी मिलेर बाढी पीडितको उद्धार र राहतमा लाग्नु पर्छ  काँग्रेस सांसद कान्छाराम

काठमाडौँ । रामेछापका प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर तामाङ कान्छारामले बाढी पीडितको उद्धार र राहतमा अब दुई ठुला दल मिलेर अघि बढ्न पर्ने बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर सांसद पूर्णबहादुर तामाङ कान्छारामले अहिलेको सरकारले कसरी सरकार जोगाउने भन्नेमा मात्र लागेको भन्दै देशको ठुलो दल नेपाली काँग्रेस र नेकपा एमाले एक भएर तत्काल बाढी पीडितको उद्धार र राहतमा जुट्न पर्ने बताउनु भएको छ । 

 प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस रामेछापका सभापति समेत रहनुभएको तामाङले  भन्नु भयो ‘‘सांसदमा घरी हामीलाई यो कुनामा लगेको छ । घरी त्यो कुनामा लगेको छ । आज यो कुनामा छौँ ।  भोली कुन कुनामा हुन्छौँ । थाहा छैन । अब ठुलो दल नेपाली काँग्रेस र नेकपा एमाले सरकारका जान लागेको छ । अब बन्ने सरकारलाई कम्तीमा तीन वर्षसम्म लैजानका लागि नेकपा एमालेका अध्यक्ष ज्यु र नेपाली काँग्रेसका सभापति ज्युलाई आग्रह गर्दछु  भन्नु भएको छ । त्यस्तै गरी अब हामी सांसदहरूलाई ओल्लो कुना र पल्लो कुनामा नपार्ने गरी देश बनाउन लाग्न एमाले अध्यक्ष र काँग्रेस सभापतिलाई शुभकामना दिन चाहन्छु ।’’ अब बन्ने सरकारले यो पार्टी त्यो पार्टी नभनी एकजुट भएर जनताको चाहना अनुसार देश बनाउन लाग्नुपर्नेमा उहाँको जोड छ । अहिले देश गारो अवस्थामा रहेकाले अब देशलाई कसरी बचाउने भन्ने दीर्घकालीन योजनाका साथ आफ्नो पार्टी नभनी ७७ वटै जिल्लाका जनताका चाहना अनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ ।

साथै निर्माण व्यवसायीहरूले काम सम्पन्न गर्दा समेत भुक्तानी हुन नसकेको भन्दै असोज मसान्त सम्मको बैङ्क व्याज सरकारलाई तिरिदिन समेत आग्रह गर्नु भएको छ । तत्काल एक खर्व भन्दा बढी व्यवसायिहरुलाई सरकारले भुक्तानी दिन अहिले सक्ने अवस्था नदेखिएकोले बैक व्याज सरकारले तिरिदिन पर्ने धारणा समेत राख्नु भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...