दुई ठुला पार्टी मिलेर बाढी पीडितको उद्धार र राहतमा लाग्नु पर्छ  काँग्रेस सांसद कान्छाराम

काठमाडौँ । रामेछापका प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर तामाङ कान्छारामले बाढी पीडितको उद्धार र राहतमा अब दुई ठुला दल मिलेर अघि बढ्न पर्ने बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर सांसद पूर्णबहादुर तामाङ कान्छारामले अहिलेको सरकारले कसरी सरकार जोगाउने भन्नेमा मात्र लागेको भन्दै देशको ठुलो दल नेपाली काँग्रेस र नेकपा एमाले एक भएर तत्काल बाढी पीडितको उद्धार र राहतमा जुट्न पर्ने बताउनु भएको छ । 

 प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस रामेछापका सभापति समेत रहनुभएको तामाङले  भन्नु भयो ‘‘सांसदमा घरी हामीलाई यो कुनामा लगेको छ । घरी त्यो कुनामा लगेको छ । आज यो कुनामा छौँ ।  भोली कुन कुनामा हुन्छौँ । थाहा छैन । अब ठुलो दल नेपाली काँग्रेस र नेकपा एमाले सरकारका जान लागेको छ । अब बन्ने सरकारलाई कम्तीमा तीन वर्षसम्म लैजानका लागि नेकपा एमालेका अध्यक्ष ज्यु र नेपाली काँग्रेसका सभापति ज्युलाई आग्रह गर्दछु  भन्नु भएको छ । त्यस्तै गरी अब हामी सांसदहरूलाई ओल्लो कुना र पल्लो कुनामा नपार्ने गरी देश बनाउन लाग्न एमाले अध्यक्ष र काँग्रेस सभापतिलाई शुभकामना दिन चाहन्छु ।’’ अब बन्ने सरकारले यो पार्टी त्यो पार्टी नभनी एकजुट भएर जनताको चाहना अनुसार देश बनाउन लाग्नुपर्नेमा उहाँको जोड छ । अहिले देश गारो अवस्थामा रहेकाले अब देशलाई कसरी बचाउने भन्ने दीर्घकालीन योजनाका साथ आफ्नो पार्टी नभनी ७७ वटै जिल्लाका जनताका चाहना अनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ ।

साथै निर्माण व्यवसायीहरूले काम सम्पन्न गर्दा समेत भुक्तानी हुन नसकेको भन्दै असोज मसान्त सम्मको बैङ्क व्याज सरकारलाई तिरिदिन समेत आग्रह गर्नु भएको छ । तत्काल एक खर्व भन्दा बढी व्यवसायिहरुलाई सरकारले भुक्तानी दिन अहिले सक्ने अवस्था नदेखिएकोले बैक व्याज सरकारले तिरिदिन पर्ने धारणा समेत राख्नु भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...