दुई लघुकथा

Written by meropradesh creator

१५ जेष्ठ २०७८, शनिबार

डन

सहरको नामी डन मारियो ।
पुलिसले भन्यो –पुलिस इन्काउन्टरमा मारियो । डनहरूको समाजले भन्यो –पुलिसले मारेर इन्काउन्टर भनेको हो ।
भूपू पुलिस अफिसरले पत्रिकामा लेख नै लेखे । लेखको सार यस्तो थियो – नेता र डनको प्रेसर पुलिसलाई कस्तो हुन्छ – त्यो त पुलिसले मात्र फिलिङ गरेको हुन्छ ।
देशमा त्यतिखेर बाढीपहिरो र अन्य आपराधिक घटनाहरू पनि घटेका थिए । पत्रिकाले डनको मृत्युलाई बाइलाइन समाचार, फिचर र लेखका रुपमा बेचे । यस्तो लाग्थ्यो कि डन बाँचेर भन्दा मारिएर बढी क्यास भएको छ –सहरमा ।
अर्को दिन संसद अवरुद्ध पार्दै सत्तारुढ दलका सांसदले भने –मानिसको बाँच्न पाउने मानवाधिकार हनन भयो । पछि बुझ्दै जाँदा थाहा भयो । मारिएको डन सत्तारुढ पार्टीका तिनै नेताको चुनाव जिताउने प्रमुख कार्यकर्ता थियो ।
नेताले डनको छाता ओडेपछि थाहा भयो नेता र अपराधको जालो कस्तो हुँदो रहेछ ।

सुहागरात
चुनाव जितेपछि नेता खुसी भए । धेरै वर्षदेखि उनले नजितेको चुनाव क्षेत्रमा फेरि एकपटक रौनक आयो । कुखुरा भुत्ल्याइए । खसी काटिए । राँगा लडे । बियर र रक्सीका बिर्का खोलिए । माहौल यस्तो भयो कि सबै खुसहाल देखिए ।
एकाएक नेतापत्नीको मुहारमा कालो बादलको धर्सा देखियो ।
नेताले पत्नी खुसी पार्नका लागि बेलुका खुुुसुक्क कानमा भने – अब तिमीले चाहे अनुसार सांसद विकास कोषको रकम चलाउन पाउने भयौ ।
जनताका नेताको यो भनाइपछि एक्कासी नेता पत्नीको मुहारमा चन्द्र रश्मिको कान्ति छायो ।
उनले भनिन् –हजुर अब हाम्रो सुहागरात सुरु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...