काठमाडौँ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले दुई करोड हिनामिना गरेको भन्दै प्राविधिक सहायक(अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई निलम्बन गरेको छ ।
जुम्लाको सर्केगाड गाउँपालिकाकाका प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेको भन्दै कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्नसमेत भनेका छन् । साउन देखि कार्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड बराबरको रकम अनियमितता गरेकोले निलम्बन नगर्दा सरकारी हानी नोक्सानी हुने र आफू विरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले २०७७ साल माघ २९ गते देखि निलम्बन गरेको जानकारी गराएका हुन् ।
आचार्यले कुनै कारबाही गर्न नपर्ने कुनै कारण भए ७ दिन भित्र आफू समक्ष प्रमाण पेस गर्न समेत भनेका छन् । गाउँपालिकाले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय लगाएत सम्बन्धीत निकाएमा पत्रचार समेत गरेका छन् ।