दुई अध्यक्षले भाडा नतिर्दा गैससमा ताला

Written by meropradesh creator

२५ माघ २०७८, मंगलवार

रामेछाप । घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएको गैर सरकारी संस्था महासंघ नेपाल रामेछापका दुई अध्यक्षहरुले घरधनीलाई तिर्नुपर्ने डेढ वर्षदेखीको घरभाडा रकम नतिरेपछि घरधनीले संस्थाको कार्यालयमा ताला लगाइदिएका छन् ।

संस्थाको पूर्व अध्यक्ष मिलनकुमार घिसिङको कार्यकालमा २०७५ साल कार्तिक मसान्तसम्मको ३९ हजार रुपैयाँ र बर्तमान अध्यक्ष भुवनकुमार श्रेष्ठको कार्यकाल अन्तर्गत २०७५ साल मंसिर महिना देखी २०७८ साल माघ मसान्तसम्मको १ लाख १७ हजार गरी कुल १ लाख ५६ हजार रुपैयाँ घर भाडा तिर्न बाँकी रहेको घरधनी रमेश ढुंगेलले जानकारी दिए ।

उनले भने– गैससका दुई कार्यकालका अध्यक्षलाई घरभाडाको रकम पटक–पटक माग्दा पनि भाडा नदिएपछि आफुले वाध्य भएर संस्थाको कार्यालयमा थप ताल्चा लगाएको छु । जहिलेसम्म संस्थाले भाडा भुक्तानी गर्दैन त्यसवेलासम्म संस्थामा लगाएको ताल्चा आफुले नखोल्ने घरधनी ढुंगेलले बताए ।


जिल्लाका विभिन्न संस्थाहरुको माउ संस्था गैर सरकारी महासंघमा तीन महिना देखी कार्यालयमा ताल्चा लगाएपछि अहिले संस्थामार्फत हुने सबै कामहरु ठप्प रहेका छन् । सहकारी संस्था नविकरणको जिल्ला प्रशासन कार्यालयले अनिवार्य रुपमा गैर सरकारी संस्थाको सिफारिस पत्र माग गर्ने गरेको छ । यता गैर सरकारी संस्थाको कार्यालयमा ताला लागेपछि सिफारिस लिन समस्या झेल्नु परेको विभिन्न संस्थाका पदाधिकारीहरुले गुनासो गरेका छन् ।

गैससले अन्य संस्थालाई दिने सेवा नपाएको र कार्यालयमा घरधनीले ताल्चा लगाएको बिषयमा गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठ सँग सम्र्पक गर्दा उनले एक÷दुई दिन भित्रै घरधनीको भाडा बुझाउने र कार्यालय नियमित खुलाएर सेवा आरम्भ गर्ने गरी संस्थाका पदाधिकारीहरु सँग छलफल भइसकेको बताए ।

उनले भने– अहिले संस्थामा कर्मचारी नभएकाले संस्थाको काम मदन आश्रीत चोकमा रहेको गम्भिर विकको पसलवाट काम भइरहेको छ । संस्थामा नविकरण सिफारिस वापतको केही रकम उठेको छ । घरभाडा तिर्न अपुग रकम संस्थाका पदाधिकारीहरुसँग २÷४ हजार रुपैयाँ उठाएर भएपनि घरधनीलाई बुझाउने तयारीमा आफु लागी परेको अध्यक्ष श्रेष्ठले बताए ।


गैर सरकारी संस्था महासंघले घरभाडा वापतको रकम मात्रै हैन सो संस्थामा कार्यरत कर्मचारीहरुलाई समेत तलव भत्ता नदिएको उक्त संस्थामा कार्यरत एक कर्मचारीले आफ्नो नाम नछाप्ने सर्तमा बताइन । उनले भनिन्– धेरै महिना गैससमा बसेर काम गरे । तर आफुले पाउनु पर्ने तलव भत्ताको रकम अहिलेसम्म पाउन सकेको छैन् । संस्थाका पदाधिकारीहरुसँग पटक–पटक रकम माग गर्दा समेत हुन्छ हुन्छ भन्दै टारेको ती कर्मचारीले बताइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...