रामेछाप । रामेछापमा दुइजना उपप्रमुख सहित ८१ जनालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७९ पुगेको छ । मन्थली नगरपालिकाबाट १ सय १६ जनाको परिक्षण गर्दा ५० जनाको,रामेछाप नगरपालिका बाट ३१ जनाको परिक्षण गर्दा ८ जना र दोरम्बा गाउँपालिकाबाट ६० जनाको परिक्षण गर्दा ११ जना गरी पिसिआर बिधिबाट २ सय ७ जनामा गरिएको परिक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै एन्टिजेन विधिबाट परिक्षण गरिएको १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । रामेछाप नगरपालिकाका र दोरम्बा गाउँपालिकाका उपप्रमुख सहित ४ जनालाई समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
जनस्वास्थ्य अधिकृत थापाले मंगलबार थपिएको संख्यासँगै कोरोनाको दोस्रो लहर अन्तर्गत जिल्लामा संक्रमितको संख्या १७९ जना पुगेको बताए । जिल्लाको सबै भन्दा बढी संक्रमित मन्थली नगरपालिकामा देखिएका छन्
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...