दुध बिक्रि नभएपछी किसानहरु मारमा

Written by meropradesh creator

१८ जेष्ठ २०७८, मंगलवार

रामेछाप । रामेछापमा दोश्रो लहरको कोरोना भाइरसको सक्रमंणका कारण जिल्लामा लकडाउन भए संगै दुध बिक्रि नभएपछी किसानहरु मारमा परेका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस संक्रमणका डरले दुध डेरीमा उपभोक्ताहरु दुध किन्न आउँन छाडेपछि दुुध डेरीले किसानहरुसँग दुध खरिद गर्न छाडेका छन् । दुधडेरीले दुध किन्न छाडेपछि किसानहरु मारमा परेका हुन् ।
जिल्लामा दर्ता भएका विभिन्न गाई तथा भैसी फार्महरुले उत्पादन गरेको गाई तथा भैसीको दुध विक्री नभएपछि किसानहरु समस्यामा परेका हुन् । जिल्लामा २ वटा दुध डेरी भएता पनि ती डेरीहरुले किसानले उत्पादन गरेको दुध नलिईदिएपछि किसानहरु थप समस्यामा परेका हुन् । वजारमा भैसीको दुध प्रति लिटर ८० रुपैयाँ र गाईको दुध ७० रुपैयाँमा विक्रीवितरण हुँदै आएको छ । स्थानिय प्रशासनले कोरोनाका कारण पुरै जिल्ला लकडाउन गरेपछि होटल तथा पसलहरु बन्द भएपछि वजारमा दुध विक्री हुन छाडेको हो ।
कोरोनाका कारण दुध विक्री नभएपछि किसानहरुले गाउँघरमा छरछिमेकमा त्यतीकै दुध बाडने गरेका छन् । दुध धेरै उत्पादन हुने किसानहरुले भने गाई, भैसीको दुधवाट खुवा, पनिर वनाउने गरेको भएता पनि उत्पादन गरेको वस्तु समेत विक्री नभएपछि झनै समस्या परेको मन्थली दुध सहकारी संस्थाका अध्यक्ष डुकुना पोखरेलले बताइन । उनले भनिन यती बेला किसानहरुलाई दुध बिक्रि नभएको समस्या त छदै छ अर्को तिर गाइ भैसी कसरी बचाउने भन्ने समस्या भएको छ । गाइ भैसीलाई आवश्यक पर्ने दाना र घाँस किन्न सकेका छैनौ समस्या छ । जम्मा गरेर राखेको दाना घाँस पनी सकिएको छ ।
जिल्लामा यतिबेला २१ सय लिटर भन्दा बढी दुध उत्पादन हुन्छ । उत्पादन भएको दुध मध्य बजारमा भण्डै १२ सय लिटर मात्र दुध खपत भएको र अरु दुध खेर गएको चिरञ्जीबी डेरीका सञ्चालक भानु भक्त श्रेष्ठ बताउछन । उनले भने दिनमा जम्मा हामीलाई २ घण्टा मात्र डेरी खोल्न दिन्छ प्रशासनले डेरी खोल्न दिएको २ घण्टामा किसानले ल्याएको दुध भर्न समेत भ्याउदैनउ बिक्रि गर्ने कहीले । अन्य वस्तु जसरी खरीद गरेर घर लगेर पछी प्रयोग गर्न पनी नसकिने हुदा दुध बिक्रि हुदैन उनले भने । खुध बिक्रि नभएपछी हामीले पनी किसानले उत्पादन गरेको सबै दुध लिन गर्न सकेका छैनौं डेरी सञ्चालक श्रेष्ठले भने । किसानले उत्पादन गरेको बिहानको दुध मात्र लिने गरेका छौ श्रेष्ठले भने । डेरी सञ्चालक श्रेष्ठले भने औषधी पसलहरु जसरी सञ्चालन गर्न दिएको छ त्यसै गरी डेरीहरु पनी सञ्चालन गर्नदिए देखी जिल्लामा उत्पादन गरेको दुध सबै बिक्रिगर्न सकिने भन्दै डेरीहरु खोल्न दिनु पर्ने बताए । किसानहरुले सदरमुकाम मन्थली आसपासमा मात्रै २ दर्जन भन्दा बढी गाई र्फामहरु हाल संञ्चालनमा रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर 'जेनजी मुभमेन्ट नेपाल' ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका घटना सरकारको...