दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको छोरीलाई अस्पतालमै छोडेर भागेको अस्पताल स्रोतलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जनाएको छ ।

रेणुका एम्बुलेन्समार्फत १६ अगस्तमा अस्पताल आएकी र इमरजेन्सीमा भर्ना भई सोही दिन छोरीलाई जन्म दिएर ३ दिनपछि अस्पतालबाट फरार भएको सूचना प्राप्त भएको दूतावासका एक उच्च अधिकारीले बताए ।

रेणुकालाई अस्पताल आफैँले पनि सम्पर्क गरेको तर सम्पर्कमा नआएको र छोरीलाई अस्पतालले हेरिरहेको नेपाली दूतावासले जनाएको छ । अस्पतालले स्थानीय प्रशासनको सहयोगमा रेणुकालाई पक्राउ गर्न वा थप कानुनी प्रक्रिया गर्नेबारे नेपाली दूतावासलाई सुझाएको छ । यसरी परदेशमा बच्चाको जन्म दिएर छोडिहिँड्नु कुनै बाध्यता भए नेपाली दूतावासमा सक्दो छिटो सम्पर्कमा आएमा सहजीकरण गर्ने दूतावासले जनाएको छ । फरार सुत्केरी महिलालाई आर्थिक वा अन्य केही समस्या भए अस्पतालसँग समन्वय गरी लागेको रकम मिनाहा गर्न पनि दूतावास तयार भएको भन्दै त्यसका लागि महिलालाई दूतावास वा अस्पतालको सम्पर्कमा आउन नेपाली दूतावासले आग्रह गरेको छ । दूतावास कानुनी रूपमा आफ्नो नागरिकको संरक्षण गर्न सदैव तयार रहेको, तर नागरिकले पनि कुनै समस्या भए अनिवार्य दूतावासलाई जानकारी गराउन सबैमा अनुरोध गरेको छ । पछि यस्तो प्रवृत्तिले आमालाई थप कानुनी समस्या आउने दूतावासको भनाइ छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाउने कारखानामा प्रहरीले छापामार्दा तिन जना प्रक्राउ गरेका छन् । रसरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कागजपत्र नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका–१...

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

हेटौँडा । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद अवार्ड २०८२ आयोजना गर्ने भएको छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।बिहीबार हेटौडामा...