दर्ता बिनाको कोसेली जुनार जुस उद्योग बन्द गरिने

Written by meropradesh creator

६ फाल्गुन २०७७, बिहीबार

रामेछाप । सदरमुकाममा उद्योग दर्ता बिनै र खाद्य परिक्षण विभागवाट नमुना परिक्षण समेत नगराई संचालन हुँदै आएको डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस उत्पादन गर्ने कम्पनी बन्द गरिने भएको छ ।
मन्थली नगरपालिका वडा नं–१ आकाशेमा रहेको डिलक्स एग्रो प्रोडक्ट्सले उद्योग दर्ता बिना नै विगत दुई वर्षदेखी जुनारको जुस उत्पादन गरेर विक्री वितरण गर्दै आएको थियो । उद्योग संञ्चालन गर्न घरेलु तथा साना उद्योग कार्यालयमा अनिवार्य रुपमा उद्योग दर्ता गर्नु पर्ने र खाद्य तथा गुण नियन्त्रण विभागबाट जुस परिक्षण गराएर अनुज्ञा–पत्र लिएपछि मात्रै उत्पादित जुस विक्री वितरण गर्न पाइने नियम भएपनि उद्योग संञ्चालकले सबै नियमलाई मिचेर जुस उद्योग संचालन गर्दै आएका थिए ।
एकहप्ता अघि मन्थली बजार अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको संयोजक्तवमा निस्किएको बजार अनुगमन टोलीले अवैद्य रुपमा जुस उत्पादन गरि विक्रीबितरण गरेको फेला पारेपछि एकहप्ताको लागि बन्द गराएको थियो । अनुगमन टोलीले उद्योग संचालक रामबाबु गिरीलाई एकहप्ता भित्र उद्योग दर्ता गरेर आवश्यक कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थिती हुन निर्देशन दिएको थियो ।


अनुगमन समितिले दिएको म्याद भित्र उद्योग दर्ता गर्न कागजात सहित  खाद्य तथा गुण परिक्षण विभागबाट उत्पादित जुसको नमुना परिक्षण गराई विभागले दिने अनुज्ञा–पत्र सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन दिएको समयसिमा सकिदा समेत उद्योग संचालक गिरीले आवश्यक कागजात लिएर घरेलु तथा साना उद्योग विकास कार्यालयमा उद्योग दर्ता गर्न नआएपछि कोसेली जुनार जुस उद्योग बन्द गर्न लागिएको घरेलु तथा साना उद्योग विकास कार्यालय रामेछापका बरिष्ठ उद्योग अधिकृत मेघनाथ गौतमले जानकारी दिए ।
उनले भने– अनुगमन समितिले दिएको निर्देशन अनुसार उद्योग संचालक रामबाबु गिरीले कम्पनी रजिष्टार कार्यालयमा २०६८ सालमा कम्पनी दर्ता गरेको कागजात लिएर उद्योग दर्ता गर्न घरेलु कार्यालयमा आएका थिए । उनले कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरेको कम्पनीको अपडेट अहिलेसम्म नगरेकाले उद्योग दर्ता गर्न    मिलेन । संचालक गिरीलाई कम्पनी अपडेट गरेर ल्याउँनु अनि उद्योग दर्ता हुन्छ भनेर कार्यालयबाट फिर्ता पठाएकोमा अहिलेसम्म उनी नफर्किएकाले उक्त उद्योग बन्द गर्न लागिएको उद्योग अधिकृत गौतमले बताए ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको भरमा जुस उद्योग सञ्चालन गर्न नपाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन विभाग सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए । उनले भने– खाद्य तथा गुण नियन्त्रण विभागवाट उत्पादित जुसको नमुना परिक्षण गराएपछि पाइने अनुज्ञा–पत्र नलिएसम्म कुनै पनि हालतमा जुस बिक्री बितरण गर्न पाइदैन् ।


एकहप्ता अघि सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको संयोजक्तमा निस्किएको वजार अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयवाट निरज खड्का, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठ र संञ्चारकर्मीहरुको समेतको टोलीले जुुस उद्योगको अनुगमन गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...