दर्ता बिनाको कोसेली जुनार जुस बजारमा छ्याप्छ्याप्ती

Written by meropradesh creator

२८ माघ २०७७, बुधबार

रामेछाप । सदरमुकाम मन्थलीमा उद्योग दर्ता र खाद्य परिक्षण विभागवाट नमुना परिक्षण नै नगराई डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस रामेछापका बजारमा बिक्रीवितरणको लागि छ्याप्छ्याप्ती राखिएको छ ।
मन्थली नगरपालिका वडा नं–१ आकाशेमा रहेको डिलक्स एग्रो प्रोडक्ट्सले विगत दुई वर्षदेखी जुनारको जुस उत्पादन गरेर विक्री वितरण गर्दै आएको हो । उद्योग संञ्चालन गर्न घरेलु तथा साना उद्योग कार्यालयमा अनिवार्य रुपमा उद्योग दर्ता गर्नु पर्ने र खाद्य तथा गुण नियन्त्रण विभागबाट जुस परिक्षण गराएर अनुज्ञा–पत्र लिएपछि मात्रै उत्पादित जुस विक्री वितरण गर्न पाइने नियम छ ।


जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको संयोजक्त्वमा निस्किएको वजार अनुगमनको टोलीले उद्योग सञ्चालक रामबाबु गिरीले उद्योग नै दर्ता नगरी जुस उत्पादन गरेर विक्री वितरण गर्दै आएको फेला पारेको हो । अनुगमनको क्रममा उद्योग संञ्चालक गिरीलाई एकहप्ता भित्र उद्योग दर्ता र खाद्य तथा गुण परिक्षण विभागको अनुज्ञा–पत्र सहितका कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
बजार अनुगमन टोलीले उद्योगमा उत्पादित जुस नमुना परिक्षणको लागि खाद्य तथा गुण परिक्षण विभागमा पठाउने भएको हो । त्यसगरी उत्पादित जुस खाद्य परिक्षण विभागको अनुज्ञा–पत्र नल्याई वजारमा विक्रीबितरण नगर्न समेत अनुगमन समितिले निर्देशन दिएको छ । यदी खाद्य परिक्षणको अनुगा पत्र नल्याई वजारमा जुस विक्री गरेको भेटिए तत्काल कानून अनुसार कारवाही गरिने सहायक प्रजिअ सुनुवारले जानकारी दिए ।
कुनै पनि उद्योग संञ्चालन गर्दा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता नगरी संचालन गर्न नपाउने नियमको उल्घंन गर्दै उद्योग संचालक गिरीले बिगत दुई वर्षदेखी जुस उद्योग संचालन गर्दै आएका छन् । उद्योग संञ्चालक गिरीले २०६८ सालमा कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा कम्पनी दर्ता गरेको भएता पनि उनले अहिलेसम्म कम्पनी अपडेट समेत गरेका छैनन् । संचालक गिरीले त्यही कम्पनी रजिष्टर कार्यालयको कागजको भरमा उद्योग चलाउँदै आएका हुन् ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको भरमा जुस उद्योग सञ्चालन गर्न नपाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए । उनले भने– खाद्य तथा गुण नियन्त्रण विभागवाट उत्पादित जुसको नमुना परिक्षण गराएपछि पाइने अनुज्ञा–पत्र नलिएसम्म कुनै पनि हालतमा जुस बिक्री बितरण गर्न पाइदैन् ।


बजार अनगुमन गर्न डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.मा पुगेको अनुगमन टोलीलाई उद्योग संञ्चालक गिरीले नियमगत रुपमा संचालन गरेको उद्योगलाई बिनाकारण दुःख दिएर काम नै नगर्ने वातावरण सिर्जना गरेको भन्दै, सबै उद्योगको अनुगमन गर्न आग्रह गरेका थिए । संचालक गिरीले भने– खाद्य परिक्षण विभागवाट कहाँ सजिलै काम बन्छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको संयोजक्तमा निस्किएको वजार अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयवाट निरज खड्का, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठ र संञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...