दोस्रो वडा अध्यक्ष कप फर्पुमा आज तिन खेल वर्षको कारण स्थगित

२६ बैशाख २०८१, बुधबार

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा दोस्रो वडा अध्यक्ष कप मङ्गलवार बाट सुरु भएको छ । मङ्गलवार बाट सुरु भएको दोस्रो वडा अध्यक्ष कप मङ्गलवार हावाहुरी र पानीको कारण स्थगित भएको थियो ।

बुधवार आज तिन खेल भएको छ । दुई खेलमा एक खेल भने बराबरीमा सकिएको छ । आज भएको खेलमा लिखु भुजी रामेछापले सृजना युनाइटेड बि लाई ११–० मा सीमित राख्यो । सृजना युनाइटेड ए र युनाइटेड रस्नालु बिच भएको खेल भने ३ बराबरीमा सकिएको छ । त्यस्तै गरी ए बिसी मन्थली र नमाडी बिच भएको खेलमा  ए बिसी मन्थलीले नामाडीलाई ९–० ले हराएको रेफ्रि यम बहादुर सुनुवारले जानकारी दिए ।

खेलमा जिल्ला भित्र र बाहिरको गरी १२ टिम सहभागी भएको वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए । खेललाई मर्यादित र व्यवस्थित ढङ्गले रेफ्रिहरु यम बहादुर सुनुवार, उज्ज्वल लिम्बु, उत्तर कुमार सुनुवारले सञ्चालन गरिरहेको समेत वडा अध्यक्ष सुनुवारले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले अब पद र चुनावी प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका हुन् । व्यक्तिगत इच्छाविपरीत पार्टीको आग्रहमा २०७९ र...

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया राष्ट्रिय निकुञ्जको घना जङ्गलमा सिकार खेल्न पसेका सुर्खेतका पाँच जना युवाहरू बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका र लेकवेशी नगरपालिका घर भएका यी युवाहरू आइतबारदेखि निकुञ्जभित्र सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।...

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै पीडित परिवारले गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्। सोमबार गृह मन्त्रालयमा गृहमन्त्रीलाई भेट्दै इनिशाका दाजुहरू चन्द्र बहादुर र तपेन्द्र विकले...