दोरम्बामा एमाले अध्यक्ष सहित तिन दर्जन नेकपाका नेता तथा कार्यकर्ता नेकपाको सरकारको विरोध गर्दै कांग्रेसमा प्रबेश

Written by meropradesh creator

१९ मंसिर २०७७, शुक्रबार

मंसिर १९,रामेछाप
दोरम्बामा एमाले अध्यक्ष सहित तिन दर्जन नेकपाका नेता तथा कार्यकर्ता नेकपाको सरकारको विरोध गर्दै कांग्रेसमा प्रबेश
मंसिर १९,रामेछाप
रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ६ लखनपुरमा नेकपाका ३६ जना नेता तथा कार्यकता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेको छ ।
पार्टी प्रबेश गर्ने क्रममा उनिहरुले नेकपाको दुई तिहाइको सरकारले हत्या हिंसा र भ्रष्टचारको नेतृत्व गरेको भन्दै आक्रोश पोखेका थिए । निर्वाचनको समयमा नेकपाले सरकार बनाएको खण्डमा देशले ठुलो उन्नती गर्ने देशमा हत्या हिंसा र भ्रष्टचारको अन्त्य गरी देशको मुहार परिवर्तन गर्ने अपेक्षा सहित आफुहरुले आफ्नो ज्यान माया मारेर नेकपालाई सहयोग गरेको बताए । अहिले संघिय सरकार देखी स्थानिय सरकार आफैले हत्या हिंसा र भ्रष्टचारको नेतृत्व गरेको उनीहरुले आरोप लगाएका छन् ।


पार्टी प्रबेश कार्यक्रममा तत्कालीन एमालेको तर्फ बाट आफु ३ पटक उपाअध्यक्ष हुदै गाउँ कमिटीको अध्यक्ष समेत भएर आफुले तत्कालीन एमालेको नेतृत्व गरेको भएता पनी अहिले आफु नेकपाको कार्यकर्ता भनेर परिचय दिन समेत अफ्ठेरो भएका ठाकुर प्रसाद गौतमले बताए ।
दोरम्बा गाउँपालिका वडा नम्बर ६ सल्लेरीमा दोरम्बा गाउँपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसका इकाई सभापती डम्बर बहादुर तमाङ्गको अध्यक्षतामा भएको पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेपाली काग्रेसका पुर्ब पार्टी सभापती रामचन्द्र खड्काले नेकपाको दुई तिहाईको सरकार विश्वकै भ्रस्टचारको सुचिमा रहेको भन्दै अब सबै नागरिकले सरकारको कार्य सैलीको विरोध गर्ने समय आएको बताउनु भयो ।
कांग्रेस नेता खड्काले अहिलेको सरकारले निर्मला हत्या काण्ड, महरा काण्डले बलत्कारीको संरक्षण गरेको, बालुवाटार जग्गा प्रकरणले भ्रष्टचार,र नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्व सभामुख रामचन्द्र पौडेललाई विना कारण प्रहरीले नियन्त्रणमा लिनुले देशमा हिंसा वढाउन सरकार लागी परेको आफैले पुष्टि गरेको बताउनु भयो ।
पार्टी प्रबेश कार्यक्रममा नेपाली काग्रेसका जिल्ला उपसभापती जितेन्द्र मोक्तान, नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधी भरत चौलागाई, पुर्ब महाधीबेसन प्रतिनिधी विष्णु थापामगर, नेपाली कांग्रेसको तर्फ बाट रामेछापको प्रदेश ख,का उमेरद्धवार जित बहादुर मगर , दोरम्बा गाउँपालीकाका नेपाली कांग्रेसका सचिब लाल बहादुर थापामगर , नेपाली कांग्रेसका आमन्त्रीत सदस्य नवराज गौतम, टेक प्रसाद गौतम , दिपक सापकोटा लगाएतले नव प्रबेशी नेकपाका नेता कार्यक्रताहरुलाई नेपाली काग्रेसमा स्वागत गदै सरकारको विरोध गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...