रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको गाउँसभा तथा १२ अधिबेशन सम्पन्न भएको छ । गाउँसभाले २ वटा कार्यबिधि पारित गर्नका साथै बजेट संशोधित विनियोजन बिधेयक २०७९ समेत पारित गरेको छ । सोमबार सम्पन्न गाउँसभाले औधोगिक व्यवसाय एन २०७९ र जलस्रोत ऐन २०७९ पारित गरेको छ । त्यसैगरी संचित कोषमा रहेको तिन करोड विस लाख रकम संचित कोष बाट खर्च गर्न सकिने गरी विधेयक पास गरेको छ ।
गाउँपालिकाले सो अवसरमा ६ महिनाको प्रगती बिबरण समेत सार्बजनिक गरेको छ । गाउँपालिकाको चालु खर्च अन्र्तगत ३४.११ र पूजिगत खर्च अन्र्तगत १०.५९ प्रतिशत गरी २३.७४ प्रतिशत रकम खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । जम्मा ४ सय १३ योजना मध्य ५४ वडा योजनाको काम सम्पन्न भएर भुत्तानि समेत भई सकेको र बाकीँ योजनाहरुको पनि काम अघि बढीरहेको गाउँपालिका अध्यक्ष मैन कुमार मुक्तानले बताए । अध्यक्ष मुक्तानले भने धेरै योजनाहरुको काम अघि बढी सकेको छ तर सम्पन्न भई नसकेको कारण भुत्तानि हुन बाकीँ रहेको बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...