दोरम्बा पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो पिडित संख्या पत्ता लगाउन कठिन

१२ भाद्र २०८१, बुधबार

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क अविरल वर्षाका कारण शनिवार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएको थियो । उक्त पहिरोमा पुरिएर मृत्यू हुनेको संख्या आठ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले बताएको छ ।
जिल्लाको सुनापती गाउँपालिका–४ खानिखोलाको किनारमा झ्याँसमाथी रातो नङ पालीस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोलीगाँठा मुनिको पैतालाको भाग फेला परेको छ । उक्त खोला दोरम्बा शैलुङ गाउँपालिका भई बग्दै आउने भएकोले प्रहरीले निजको आफन्तलाई खबर गरेको बताइएको छ ।
दोरम्बा शैलुङ गाउँपालिका वडा नं.–३ लेखर्क स्थित पहिरोमा पुरी हालसम्म बेपत्ता रहेकी बिन्दा पहरीको नै हो भनी निजको श्रीमान् कुमार पहरीले खुट्टाको बुढीऔला बाङ्गो र रातो नङ पालिसको आधारमा सनाखत गरेका छन् । सनाखत पश्चात् उक्त फेला परेको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरी मृतकको श्रीमानलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
अविरल वर्षाका कारण शनिवार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो । पहिरोमा पुरिएकाहरू मध्ये अहिलेसम्म चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दीप पहरी, सन्तोष पहरी, विज्ञान पहरी र पुड्की पहरी र पुड्की पहरीको शव यस अघि नै भेटिएको छ ।
सोही पहिरोमा काले पहरी र झ्याउकुरी पहरी अझै बेपत्ता छिन् । ११ वर्षीय घाइते अञ्जना पहरीको काठमाडौँमा उपचार भइरहेको छ । पहिरोले ३ वटा घर बगाएको र एउटा घर पुरिएको छ । बेपत्ताको उद्धार कार्य जारी छ । पिडितको संख्या भने अझै एकिन हुन सकेको छैन् । पहिरोले कति नागरिक बिस्थापित हुनुपर्यो कति बिधालयमा बास बस्छन् छन कति सहर गए अहिलेसम्म डाटा प्रहरी र प्रशासन दुबै सँग छैन । जिल्ला प्रहरी कार्यलय प्रमुखले १२० जना पिडित रहेको बताएका छन् भने गाउपालिका अध्यक्ष मैनकुमार मुक्तानले ३०० माथी रहेको बताएका छन।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...