एजेन्सी, । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न बग्दाद अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गत वर्ष एक इरानी जनरल र शक्तिशाली इराकी मिलिशिया नेताको हत्याको सम्बन्धमा बग्दाद अदालतले ट्रम्पविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेको हो । बग्दाद अदालतले ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको छ । सन २०२० को ३ जनवरीमा अमेरिकी ड्रोन हमलामा बग्दाद विमान स्थल बाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए ।
अदालतका न्यायधिसले अमेरिकी सेनाका कमाण्डर ईन चिफसमेत रहेका ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको जनाएको छ । ईरानले गत जुनमै पनि ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
समाचार न्यूज २४ नेपाल बाट
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...