दोलखाका पत्रकार गौतमको अवस्था गम्भिर उपचारकोलागी हेलिकोप्टर मार्फत काठमाण्डौं

Written by meropradesh creator

९ जेष्ठ २०७८, आईतवार

रामेछाप । दोलखा जिल्लाका पत्रकार रबिन्द्र गौतमलाई कोरोना भाइरस संक्रमण भए संगै अवस्था गम्भिर भएपछी उपचारको लागी लिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ ।
कोराना संक्रमणका कारण स्वास्थ्यमा गम्भिर समस्या भए संगै आइतबार साझ सिम्रिक एयरको ढल् ब्व्श् को हेलिकोप्टर मार्फत उपचारका लागि काठमाण्डौं लगिएको पत्रकार माहासंघ दोलखाका अध्यक्ष दिपशंखर चौलागाईले बताए ।
स्वाश्प्रस्वासमा समस्या आएपछि गौतमलाई दिउँसो सदरमुकामस्थित चरिकोट अस्पतालमा लगिएको थियो । उनको चरिकोट अस्पतालमा एन्टिजेन परिक्षण गर्दा पोजेटिभ रिर्पोट देखाएको थियो । फोक्सोमा संक्रमण भईसकेका कारण आईसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछी चरिकोट अस्पतालले पत्रकार गौतमलाई तत्कालै काठमाण्डौं रिफर गरेको अध्यक्ष चौलागाईले जानकारी दिए ।


अध्यक्ष चौलागाईले तत्कालको लागी पत्रकार माहासंघ दोलखाले जिल्लामा उपचार गर्दा लागेको खर्च र हेलिकोप्टर खर्च नेपाल पत्रकार माहासंघ दोलखाको पत्रकारीता कोषबाट सहयोग गरेको जानकारी दिए ।
पारिवारिक श्रोतका अनुसार पत्रकार गौतमकी श्रीमतीलाई केही दिनअघि कोरोना सक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै पत्रकार गौतम र उनकी छोरीको पिसिआर परिक्षण गरिएकोमा रिर्पोट नेगेटिभ आएको थियो । पत्रकार गौतम दोलखावाट प्रसारण हुने रेडियो भीमेस्वरको स्टेशन मेनेजर र अन्नपूर्ण पोष्ट दैनिकका दोलखा संवाददाता हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...