दोलखा सुन काण्डमा थप एक पक्राउ 

Written by meropradesh creator

२३ कार्तिक २०८०, बिहीबार

चरिकोट । दोलखा सुन काण्डमा थप एक जना पक्राउ परेको छ । केही दिन अघि दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करीमा संलग्न महिमा माझीलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । माझीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा बुझाइएको सिआइबीले जनाएको छ ।
माझीले सुन तस्करीको रकम क्रिप्टोमार्फत विदेशमा भुक्तानी गर्दै आएको अनुसन्धानमा खुलेको छ । उनीसँगै यो मुद्दामा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ । १५ मध्ये राज तामाङ नाबालक भएकाले उनलाई तारेखमा छाडिएको जिप्रका दोलखाका डिएसपी दीपक खड्काले बताए ।
डेढ महिनाअघि दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका विरुद्ध प्रहरीले अवैध रूपमा सुनको चोरी–पैठारी तथा सङ्गठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ भएको प्रहरीको भनाइ छ । त्यस्तै, दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा, सुनमाला तामाङले पनि सघाएका थिए ।
तस्करीको सुन किन्ने काठमाडौँका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि पक्राउ परिसकेका छन् । सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन्।
उनीहरूले यसअघि पनि सो नाकाबाट सुन तस्करी गर्दै आएका थिए। आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने क्रममा बोरा नै चोरी भएपछि प्रहरीले तस्करीको सूचना पाएपछि सुन बरामद गरेको थियो । यो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...