दोहोरो सुबिधा बुझ्दै रामेछापका जनप्रतिनिधि

Written by meropradesh creator

५ जेष्ठ २०७८, बुधबार

रामेछाप । रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटा स्थानिय तहहरु मध्ये केही पालिकाका जनप्रतिनिधिहरुले दोहोरो सुविधा बुझ्दै आएको खुलासा भएको छ ।

यसरी दोहोरो सुविधा लिनेहरुमा उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवार रहेका छन् । उनी पूर्व मावि शिक्षक पदवाट अवकास प्राप्त कर्मचारी हुन् । त्यस्तै गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेका वडा अध्यक्ष शेखरमान श्रेष्ठ र वडा नं ३ का रस्नालुका वडा अध्यक्ष नरवहादुर कार्की रहेका छन् । उनीहरु मध्ये ठोसेका वडा अध्यक्ष श्रेष्ठ पूर्व शिक्षक र वडा नं ३ का वडा अध्यक्ष कार्की पूर्व नेपाली सेनाका अवकास प्राप्त कर्मचारीहरु हुन् ।

त्यसैगरी लिखु तामाकोशी गाउँपालिका वडा नं ३ विजुलीकोटका वडा अध्यक्ष यमवहादुर महतले पनि दोहोरो सुविधा लिदै आएका छन् । उनी पूर्व शिक्षक अवकास प्राप्त कर्मचारी हुन् । त्यस्तै मन्थली नगरपालिकाको वडा नं २ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारी र वडा नं १२ का वडा अध्यक्ष भिमवहादुर मगरले पनि दोहोरो सुविधा बुझ्दै आएका छन् । यी दुई मध्ये अधिकारी पूर्व साविकको गाउँविकास समितिका सचिव पदवाट अवकास प्राप्त हुन भने मगर पूर्व प्रहरी हवलल्दार पदवाट अवकास प्राप्त कर्मचारी हुन् ।

त्यस्तै राज्यवाट दोहोरो सुविधा लिने अन्य जनप्रतिनिधिहरुमा खाँडादेवी गाउँपालिका वडा नं २ मझुवाका वडा अध्यक्ष इन्द्रलाल लामा रहेका छन् । त्यसैगरी सोही गाउँपालिका वडा नं ४ पकरवासका वडा अध्यक्ष धनवहादुर मानन्धर रहेका छन् । यी दुईमध्ये लामा पूर्व शिक्षक पदवाट अवकास प्राप्त कर्मचारी हुन भने मानन्धर पूर्व शसस्त्र प्रहरीबाट अवकास प्राप्त व्यक्ति हुन् ।

कर्मचारी पदवाट अवकास प्राप्त भएपछि राजनितिक पहुँचको आधारमा स्थानिय तहमा होमिएका उनीहरु निर्वाचित भएसँगै राज्यले जनप्रतिनिधिहरुलाई उपलव्ध गराएको सेवा सुविधा  दोहोरो हुने गरि बुझ्दै आएका हुन् । सरकारले दोहोरो सुविधा लिन नपाउने उद्घोष गरेपनि रामेछापको हकमा भने त्याे कार्यान्यन हुन सकेको छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...