रामेछाप । रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटा स्थानिय तहहरु मध्ये केही पालिकाका जनप्रतिनिधिहरुले दोहोरो सुविधा बुझ्दै आएको खुलासा भएको छ ।
यसरी दोहोरो सुविधा लिनेहरुमा उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवार रहेका छन् । उनी पूर्व मावि शिक्षक पदवाट अवकास प्राप्त कर्मचारी हुन् । त्यस्तै गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेका वडा अध्यक्ष शेखरमान श्रेष्ठ र वडा नं ३ का रस्नालुका वडा अध्यक्ष नरवहादुर कार्की रहेका छन् । उनीहरु मध्ये ठोसेका वडा अध्यक्ष श्रेष्ठ पूर्व शिक्षक र वडा नं ३ का वडा अध्यक्ष कार्की पूर्व नेपाली सेनाका अवकास प्राप्त कर्मचारीहरु हुन् ।
त्यसैगरी लिखु तामाकोशी गाउँपालिका वडा नं ३ विजुलीकोटका वडा अध्यक्ष यमवहादुर महतले पनि दोहोरो सुविधा लिदै आएका छन् । उनी पूर्व शिक्षक अवकास प्राप्त कर्मचारी हुन् । त्यस्तै मन्थली नगरपालिकाको वडा नं २ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारी र वडा नं १२ का वडा अध्यक्ष भिमवहादुर मगरले पनि दोहोरो सुविधा बुझ्दै आएका छन् । यी दुई मध्ये अधिकारी पूर्व साविकको गाउँविकास समितिका सचिव पदवाट अवकास प्राप्त हुन भने मगर पूर्व प्रहरी हवलल्दार पदवाट अवकास प्राप्त कर्मचारी हुन् ।
त्यस्तै राज्यवाट दोहोरो सुविधा लिने अन्य जनप्रतिनिधिहरुमा खाँडादेवी गाउँपालिका वडा नं २ मझुवाका वडा अध्यक्ष इन्द्रलाल लामा रहेका छन् । त्यसैगरी सोही गाउँपालिका वडा नं ४ पकरवासका वडा अध्यक्ष धनवहादुर मानन्धर रहेका छन् । यी दुईमध्ये लामा पूर्व शिक्षक पदवाट अवकास प्राप्त कर्मचारी हुन भने मानन्धर पूर्व शसस्त्र प्रहरीबाट अवकास प्राप्त व्यक्ति हुन् ।
कर्मचारी पदवाट अवकास प्राप्त भएपछि राजनितिक पहुँचको आधारमा स्थानिय तहमा होमिएका उनीहरु निर्वाचित भएसँगै राज्यले जनप्रतिनिधिहरुलाई उपलव्ध गराएको सेवा सुविधा दोहोरो हुने गरि बुझ्दै आएका हुन् । सरकारले दोहोरो सुविधा लिन नपाउने उद्घोष गरेपनि रामेछापको हकमा भने त्याे कार्यान्यन हुन सकेको छैन् ।