दोहोरो करले रामेछापका व्यवसायी मारमा

Written by meropradesh creator

१८ भाद्र २०७९, शनिबार

रामेछाप । ब्यवसायीसँग बुझ्दै आएका साबिकका कर कार्यालयले बुझेको रेकर्ड जिम्मेवारी सरेका कर कार्यालयलाई नबुझाइ पुनः  दोहोरो कर तिर्न ब्यवसायीलाइ कार्यालयले ताकेता गरेपछि रामेछापका व्यवसायी मारमा परेका छन् ।

साविकका कर कार्यालयले जिम्वेवारी सरेका कार्यालयलाई व्यवसायीले तिरेको करको रेकर्ड नबुझाउँदा वर्षेनी राज्यलाई कर तिर्दै आएका व्यवसायीको कर तिर्न बाँकी रहेको भन्दै कार्यालयले बक्यौता रकम देखाएपछि रामेछापका अधिकासं व्यवसायीहरु आक्रोसित बनेका छन् । रामेछापका व्यवसायीहरुले २०५८ सालदेखी जनकपुरमा रहेको कर कार्यालयमा कर बुझाउँदै आएका थिए ।

राज्यलाई बुझाउनु पर्ने कर बर्षेनी कार्यालयमा पुगेर बुझाएका ब्यवसायीहरुको रेकर्ड जनकपुर कर कार्यालयले जिम्वेवारी लिएका कर कार्यालयलाई नबुझाई बक्यौता लगत मात्र बुझाएकाले व्यवसायीले बुझाएको करको रेकर्ड कार्यालयमा नहुँदा व्यवसायीहरु मारमा परेका हुन । जनकपुरमा रहेको कर कार्यालय भक्तपुर, काभ्रेको धुलिखेल हुँदै हाल रामेछापको सदरमुकाम मन्थलीमा करदाता सेवा कार्यालय संञ्चालनमा आएको छ । जिल्लामा करदाता सेवा कार्यालय आएपछि मात्रै व्यवसायीले आफ्नो लगतको बिषयमा जानकारी पाएको व्यवसायी जेएन दाहालले जानकारी दिए ।

उनले भने– हामीले वर्षेनी राज्यलाई बुझाउनु पर्ने कर बुझाएका छौं । कर कार्यालयको कमजोरीका कारण अहिले व्यवसायीले वर्षौदेखी कर नै बुझाएका छैनन् भन्दै तिरेको कर समेत जोडेर व्यवसायी माथी अन्याय गरेको छ । कार्यालयले तत्काल आफ्ना तालुके कार्यालयसँग समन्वय गरी बिगत वर्षमा व्यवसायीले तिरेको करको रेकर्ड भिडाएर हिसाव मिलान गर्नुपर्ने बताए ।

करदाता सेवा कार्यालय रामेछापले २०५१÷०५२ सालदेखी राज्यलाई बुझाउनु पर्ने कर नबुझाएको भन्दै तिर्न बाँकी रहेको बक्र्यौता रकमको विवरण कार्यालयले देखाएको छ । कर कार्यालयले तिर्न बाँकी रहेको रकम तत्काल बुझाउन व्यवसायीलाई उर्दी जारी गरेको छ । यसअघिका कार्यालयहरु जनकपुर, भक्तपुर र धुलिखेल कर कार्यालयमा हरेक वर्ष कर दाखिला गरी कर चुक्ता लिएका व्यवसायीको लगत समेत सो तिर्न बाँकी बक्याैता रकमको लगतमा समावेश गरेको छ ।

वर्षौदेखी व्यवसायीले राज्यलाई बुझाउनु पर्ने कर कार्यालयमा गएर बुझाएको भएता पनि कार्यालयको सफ्टवयरले पहिला बुझाएको करको विवरण प्रविष्ट नगर्दा समस्या भएको हुन सक्ने करदाता सेवा कार्यालय रामेछापका प्रमुख कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने– व्यवसायीको गुनासाको बिषयमा तत्काल सम्वन्धित तालुके कार्यालयमा जानकारी गराइसकेकाले यस बिषयमा छानविन हुने बताए ।

यसरी कार्यालयले व्यवसायीलाई दोहोरो कर तिर्न लगाउने गरी कर कार्यालयमा राखिएको तथ्याङ्कलाई तत्काल सुधार गर्दै समस्याको समाधानको पहल गर्न भन्दै रामेछाप उद्योग वाणिज्य संघले करदाता सेवा कार्यालयलाई पत्राचार समेत गरेको रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नबिन केसीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...