दलित पत्रकार सङ्घबाट पत्रकार रामचन्द्र विक सम्मानित

रामेछाप । पत्रकार रामचन्द्र बिकलाई राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापले सम्मान गरेको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापको दोस्रो अधिवेशनले बिकलाई सम्मान गरेको हो । राष्ट्रिय दलित पत्रकार सङ्घलाई संस्थागत किसमा योगदान पुराउनका साथै दलित पत्रकारको संरक्षणमा विशेष योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो । बिक विगत १५ वर्ष देखी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी प्रहार मिडिया ग्रुपका सञ्चालक तथा अध्यक्ष हुन् । 

राष्ट्रिय दलित पत्रकार सङ्घ, रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले अबको पत्रकारिता खोजमूलक र समाजको वास्तविक चित्रण गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । नगरप्रमुख श्रेष्ठले‘‘पत्रकारितालाई मुलुकको चौथो अङ्गका रूपमा लिइन्छ । यसले विशेष गरी खोजमूलक, समाजको वास्तविक चित्रण देखाउन सक्नुपर्छ । समाजले भोगेका समस्याहरू, पारिवारिक, साङ्गठनिक र सामूहिक हिसाबले पनि अहिले विभिन्न कुराहरू मिडियाहरूमा आइरहेका छन् । जे जे कुरा आए पनि त्यसको वास्तविकता पत्रकारिता जगतबाट बाहिर आउनुपर्छ ।’’

खोज तथा अनुसन्धानमूलक पत्रकारितामा सबैले विश्वास गर्ने नगर प्रमुख श्रेष्ठको भनाइ छ । वास्तविकताको गहिराई सम्म नपुगी गरिने पत्रकारिताले राज्यको चौथो अङ्गका रूपमा लिइँदै आएको पत्रकारिता प्रति प्रश्नहरू उठ्ने उहाँको भनाइ छ । यदि साँच्चै यो मुलुकको विकास गरी समृद्ध बनाउने हो भने सबै जात, जाति, समुदाय सक्षम हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो ‘‘सबै नागरिकले सरकारले यो गरेन, त्यो गरेन भन्ने गुनासो मात्रै गर्ने नभै आफूले चाहिँ के गरे त भन्ने भावना सबैमा हुनुपर्छ । आफ्नो अधिकार खोज्दै गर्दा आफ्नो कर्तव्य पनि भुल्न हुँदैन ।’’ एक हातले मात्रै ताली नबज्ने भएकाले यो मुलुक विकासका लागि सबैको एकता, सद्भाव र सहकार्य हुन आवश्यक रहेको उहाँको भनाइ छ । 

दोस्रो अधिवेशनले नवराज विक अध्यक्षमा चयन भएका छन् । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल जिल्ला कार्यसमिति रामेछापको दोस्रो अधिवेशनले विकको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जना रसाइली, सचिवमा राज लोहनी, सह–सचिवमा कुमार मिजार र कोषाध्यक्षमा सम्झना उपरकुटी चयन भएका हुन् । त्यसै गरी सदस्यहरूमा शर्मिला विशुन्के र कल्पना रसाइली चयन भएका छन् । अधिवेशनले केन्द्रीय पार्षद् र प्रदेश पार्षद् पनि चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लेखबहादुर विक र रामचन्द्र विक केन्द्रीय पार्षद् र मिलन घिमिरे प्रदेश पार्षद्मा चयन गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...