दलहरू प्रणालीमा सञ्चालन हुन सकेनन् : पूर्वराष्ट्रपति भण्डारीको कटाक्ष

५ भाद्र २०८२, बिहीबार

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई जवाफदेही बन्न आग्रह गर्दै दलभित्रको विकृति–विसङ्गति, सुशासनको कमी र संसद निरीह बनेको अवस्थाप्रति कटाक्ष गरेकी छन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले दलहरूको कार्यशैली नजिकैबाट हेरिसकेको उल्लेख गरिन्। माले हुँदै एमालेमा पुगेको आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै उनले त्यतिबेला भएको एकताबाट नेकपा एमाले बनेको इतिहासलाई पनि उजागर गरिन्।

भण्डारीका अनुसार, लोकतन्त्रको नयाँ युगमा प्रवेश गरे पनि जनताका आकांक्षा अझै पूरा हुन सकेका छैनन्। उनले भनिन्, “राजनीतिक दलहरूले देशमा सुशासन प्रवर्द्धन गर्नुपर्ने हो, तर संस्थागत हिसाबले प्रणालीमा जान सकेका छैनन्। राज्य संयन्त्र समेत अझै प्रणालीमा सञ्चालन हुन सकेको छैन।”

संविधान संशोधनका विषयमा दलहरूले सहमति गरेको भए पनि ठोस छलफल र समाधान नखोजिएको भन्दै उनले निर्वाचित जनप्रतिनिधिहरू आदर्शअनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिइन्। संसद निरीह थलो बन्न पुगेको उनको गुनासो थियो।

निलम्बन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै भण्डारीले प्रमाणित नभएसम्म जनप्रतिनिधि दोषी मान्न नहुने बताइन्। “संसदका ठूला दलका नेताहरू निलम्बन यात्रामा छन्, यो लोकतान्त्रिक अभ्यास होइन,” उनले स्पष्ट पारिन्।

त्यसैगरी उनले शिक्षासम्बन्धी नीतिमा पनि गम्भीर प्रश्न उठाउँदै नयाँ पुस्ताको अपेक्षा अनुसार गुणस्तरीय नीति बनाउनुपर्ने आवश्यकता औंल्याइन्। कपिपेस्ट शिक्षाले युवालाई पलायनतिर धकेल्ने चेतावनी दिँदै उनले व्यवहारिक र सुधारिएको शिक्षा नीतिको माग गरिन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...