दिपेश भेटाउनेलाई १ लाख ११ हजार १ सय ११ पुरस्कार दिने

Written by meropradesh creator

११ फाल्गुन २०७८, बुधबार

मन्थली । सात दिनदेखी बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ बर्षिय दिपेश मानन्धर लाई फेला पार्ने व्यक्तिलाई उनका परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किएका छैनन् । घरवाट निस्कदा दिपेशले निलो ज्याकेट, खैरो जुत्ता र जिन्सको पाइन्ट लगाएका थिए । विहिवार घरवाट निस्किएका उनी हालसम्म पनि परिवारका सदस्यहरु माझ सम्पर्कमा आएका छैनन् ।

घरपरिवारमा सम्पर्कमा नआएका दिपेशको खोजीको लागि उनका घरपरिवारका सदस्य, आफन्तहरु, जिल्ला प्रहरी कार्यालय र रासमको टिम समेत खोजी कार्यमा जुटेको छ । हराएका दिपेशको हुलीयासँग मिल्दोजुल्दो एक व्यक्ति मन्थली नगरपालिकाको फुलासीमा देखेको भन्दै केही स्थानियहरुले उनका अभिभावकहरुलाई खवर गरेसँगै त्यस क्षेत्रमा समेत घरपरिवारका सदस्यहरुले खोजी कार्य गरेका छन् । उक्त क्षेत्रका सवै स्थानहरुमा खोजी कार्य गर्दा पनि दिपेशलाई फेला पार्न नसकिएको खोजी कार्यमा संलग्न चन्द्र मानन्धरले जानकारी दिए ।

उनले भने– हामीले फुलासी, पोखरी आहाल, कुुखुरे आहाल, खाँडादेवी मन्दीर र त्यस क्षेत्रवरपर, दोरम्वा शैलुङ्ग क्षेत्रमा समेत खोजी गर्यौ । खोजी गर्ने क्रममा स्थानिय नागरिकहरु, सडकमा हिड्ने वटुवाहरु र यातायातका साधन चलाउने चालकहरुसँग समेत सोधपुछ गर्दा समेत फेला पर्न नसकेको मानन्धर बताए ।

यता केही व्यक्तिले मगंलवार दिउँसो दिपेश जस्तै व्यक्ति भकुण्डेवेसीमा देखिएको भनेपछि त्यस क्षेत्रमा पनि उनको खोजी कार्यमा आफन्तहरु परिचालन भएका छन् । यदी कसैले देखेमा उनका बुबा दिलकुमार मानन्धरको मोबाइल नंम्वर ९८५४०४३१८६ वा जिल्ला प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेका छन् ।

कम्प्युटर विज्ञान बिषयमा स्नातक उतिर्ण गरेका दिपेशलाई छिनछिनमा निदाउने र शरिरमा आलश्यता पैदा हुने रोग लागेको थियो । निकै सरल र मिजाशिला रहेका उनी कम बोल्ने र नम्र स्वभावका थिए । उनको खोजी कार्यमा सहयोग पुर्याइदिन र कहीँ कतै देखेमा घरपरिवारका सदस्यहरुलाई खबर गरिदिन आग्रह गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...