दिपेश भेटाउनेलाई १ लाख ११ हजार १ सय ११ पुरस्कार दिने

Written by meropradesh creator

११ फाल्गुन २०७८, बुधबार

मन्थली । सात दिनदेखी बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ बर्षिय दिपेश मानन्धर लाई फेला पार्ने व्यक्तिलाई उनका परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किएका छैनन् । घरवाट निस्कदा दिपेशले निलो ज्याकेट, खैरो जुत्ता र जिन्सको पाइन्ट लगाएका थिए । विहिवार घरवाट निस्किएका उनी हालसम्म पनि परिवारका सदस्यहरु माझ सम्पर्कमा आएका छैनन् ।

घरपरिवारमा सम्पर्कमा नआएका दिपेशको खोजीको लागि उनका घरपरिवारका सदस्य, आफन्तहरु, जिल्ला प्रहरी कार्यालय र रासमको टिम समेत खोजी कार्यमा जुटेको छ । हराएका दिपेशको हुलीयासँग मिल्दोजुल्दो एक व्यक्ति मन्थली नगरपालिकाको फुलासीमा देखेको भन्दै केही स्थानियहरुले उनका अभिभावकहरुलाई खवर गरेसँगै त्यस क्षेत्रमा समेत घरपरिवारका सदस्यहरुले खोजी कार्य गरेका छन् । उक्त क्षेत्रका सवै स्थानहरुमा खोजी कार्य गर्दा पनि दिपेशलाई फेला पार्न नसकिएको खोजी कार्यमा संलग्न चन्द्र मानन्धरले जानकारी दिए ।

उनले भने– हामीले फुलासी, पोखरी आहाल, कुुखुरे आहाल, खाँडादेवी मन्दीर र त्यस क्षेत्रवरपर, दोरम्वा शैलुङ्ग क्षेत्रमा समेत खोजी गर्यौ । खोजी गर्ने क्रममा स्थानिय नागरिकहरु, सडकमा हिड्ने वटुवाहरु र यातायातका साधन चलाउने चालकहरुसँग समेत सोधपुछ गर्दा समेत फेला पर्न नसकेको मानन्धर बताए ।

यता केही व्यक्तिले मगंलवार दिउँसो दिपेश जस्तै व्यक्ति भकुण्डेवेसीमा देखिएको भनेपछि त्यस क्षेत्रमा पनि उनको खोजी कार्यमा आफन्तहरु परिचालन भएका छन् । यदी कसैले देखेमा उनका बुबा दिलकुमार मानन्धरको मोबाइल नंम्वर ९८५४०४३१८६ वा जिल्ला प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेका छन् ।

कम्प्युटर विज्ञान बिषयमा स्नातक उतिर्ण गरेका दिपेशलाई छिनछिनमा निदाउने र शरिरमा आलश्यता पैदा हुने रोग लागेको थियो । निकै सरल र मिजाशिला रहेका उनी कम बोल्ने र नम्र स्वभावका थिए । उनको खोजी कार्यमा सहयोग पुर्याइदिन र कहीँ कतै देखेमा घरपरिवारका सदस्यहरुलाई खबर गरिदिन आग्रह गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...