डिएसपी थिङले कुटे सह–चालक

Written by meropradesh creator

१६ बैशाख २०७९, शुक्रबार

रामेछाप । नागरिकको सुरक्षाको लागि राज्यवाट सेवा सुविधा लिएर खटिएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले नागरिकको सुरक्षा दिनु त कता हो कता दिन दहाडै गाडीका सह–चालकलाई निर्घाट रुपमा कुटपिट गरेका छन् ।

डिएसपी थिङले शुक्रवार काकडभिट्टा (विर्तामोड) बाट यात्रु लिएर छिमेकी जिल्ला दोलखातर्फ जादै गरेको प्रदेश ३–०१–००६ख १५१९ नम्वरको रोल्वालिङ यातायातको यात्रु बाहक बसका सह–चालकलाई मन्थली नगरपालिका–१ बसपार्कमा कुटपीट गरेका हुन् । कुटाई खाने बसका सह–चालक दोलखा जिल्ला भिमेश्वर नगरपालिका–७ बोचका शुसिल श्रेष्ठ रहेका छन् । यात्रु लिएर आएको उक्त गाडीले मन्थलीको बसपार्कमा यात्रु ओराल्ने र चढाउने ठाउँमा अन्य मालवाहक गाडीहरू रोकेर राखेकाले नो पार्कीङ्ग भन्ने स्थानमा बस रोकेर यात्रु पर्खिरहेका    थिए ।


सोही क्रममा मन्थलीवाट प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी सहित डिएसी थिङ्ग जिल्लाको सुनापति गाउँपालिकातर्फ हिडेका थिए । बसपार्कको सडकमा गाडी रोकी राखेको देखेपछि डिउटीमा खटिएका आफ्ना प्रहरी कर्मचारीलाई गाली गर्दै गाडी हटाउन बसका सह–चालकलाई समेत हकारेका थिए । डिएसपी थिङ्गको आदेश पछि बसका चालकले गाडी स्टाट गरेर अगाडी बढाउँदै गर्दा मैले भनेको नर्टेने भन्दै डिएसपी थिङ्गले आक्रोस व्यक्त गर्दै अचानक आफ्नो गाडीवाट झरेर बसको ढोकामा उभिएका सह–चालक श्रेष्ठलाई गाडीवाट थुतेर सडकमा झारि निर्घात रुपमा कुटपिट गरेका थिए ।


डिएसपीले कुट्दै गरेका श्रेष्ठलाई अन्य प्रहरीहरुले पनि कुटपिट गर्दै प्रहरी भ्यानमा हालेका थिए । पछि प्रत्यक्षदर्र्शी र सोही गाडीका यात्रुहरुले डिएसपी थिङले बिनाकारण सह–चालकलाई कुटेको भन्दै विरोध जनाएपछि प्रहरी भ्यानवाट झारिदिएर उनी आफ्नो बाटो लागेका थिए । डिएसपीको कुटाईवाट घाइते भएका सह–चालक श्रेष्ठको मन्थली बसपार्कमा रहेको शुभम पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरमा उपचारको लागि भर्ना गरिएको थियो । उनको सामान्य उपचार पछि डिस्चार्च गरिएको छ ।


डिएसपीको कुटाईवाट सह–चालक श्रेष्ठको घाटीमा चोट लागेको छ । उनको कानमा लगाएको सुनको दुईवटा मुन्द्रा समेत हराएको सह–चालक श्रेष्ठले बताए । घटनाको बिषयलाई लिएर गाडीका चालक राम बम्जनले सडकमा गाडी तेर्साएर सडक अवरुद्ध गरेका थिए । उनले बिनाकारण प्रहरीले आफ्नो सह–चालकलाई कुटपिट गरेको भन्दै करिव एक घण्टा सडक अवरोध गरेका थिए ।

सडक अवरुद्ध भएपछि सडकको दुवै तर्फका यातायातका साधनहरु पूर्णरुपमा ठप्प भएको थियो । पछि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ नेतृत्वमा ठूलो संख्यामा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा स्थानिय नागरिकहरु डिएसपी थिङ र प्रहरी प्रति आक्रोसित बनेका थिए । नागरिकहरुको जीउँज्यानको सुरक्षाको लागि राज्यवाट खटिएको प्रहरीले नागरिकलाई कुट्ने अधिकार नभएको भन्दै उनीहरुले डिएसपी थिङले घटनास्थलमा आएर माफी नमागेसम्म सडक खुल्न नदिने अडान राखेका थिए ।


घटनापछि घाइते सह–चालक, चालक र यातायातव् यवसायी, स्थानिय नागरिक र संञ्चारकर्मी बिचभएको छलफल पछि तत्काल सडक खुलाउने, घटनाको बिषयमा डिएसपी, घाइते, व्यवसायी वसेर आपसी छलफल गर्ने र सह–चालकको हराएको सूनको क्षतीपूर्ति समेत प्रहरीले व्यहोर्ने सर्तमा सडक खुलाइएको नागरिक अगुवा दुर्गा श्रेष्ठले जानकारी दिए ।


घटनाको बिषयमा प्रहरी नायव उपरीक्षक राजकुमार थिङसँग सम्र्पक गर्दा उनको मोवाइलमा सम्र्पक हुन सकेन । यस बिषयमा जिल्लाप्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले भने सानो प्राविधिक समस्या हुँदा घटना घट्न पुगेको बताए । उनले घटनाको बिषयमा आपसी छलफल गरेर निचोड निकाल्ने बताए ।

प्रहरीले बिनाकारण वसका कर्मचारीलाई कुट्न थालेपछि रातदिन सवारीसाधन चलाउने चालकहरु चिन्तीत वनेका छन् । उनीहरुले प्रहरीको ज्यादती विरुद्ध व्यवसायीहरुसँग छलफल गरेर आन्दोलनगर्ने चेतावनी समेत दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...