डिएसपी ढुंगेल तारेखमा छुटे

Written by meropradesh creator

२४ माघ २०७७, शनिबार

रामेछाप । सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेललाई साधारण तारेखमा छोड्न आदेश दिएको छ ।
प्रहरी नायव उपरीक्षक ढुंगेललाई धरौटी रकम लिने गरि निर्णय गरेको उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले बदर गर्दै ढुंगेलको पक्षमा फैसला गरेको    हो । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीस शुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको संयुक्त इजलासले प्रहरी नायव उपरीक्षक ढुंगेललाई साधारण तारखेमा छाड्ने जिल्ला अदालत काठमाण्डौंको आदेश सदर गरेको हो ।
नेपाल प्रहरी फोर्सभित्र अनुसन्धानको क्षेत्रमा काबिल मानिने ढुंगेललाई २०७५ चैत्रमा काठमाण्डौंको रानिबारी स्थित लोकेन्द्र शेरचनको घरमा भएको लुटपाटमा संलग्न विक्रम श्रेष्ठसँग निरन्तर टेलिफोन सम्र्पकमा रहेको भन्दै महानगरीय अपराध महाशाखाले ढुंगेललाई प्रतिवादी बनाएर प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकील कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै सरकारी वकील कार्यालयले अभियोग पत्रसाथ जिल्ला अदालत काठमाण्डौंमा मुद्धा दर्ता गरेको थियो ।
सरकारी वकील कार्यालयले बुझाएको अभियोगका आधारमा जिल्ला अदालत काठमाण्डौंले २०७७ असार पहिलो साता प्रहरी नायव उपरिक्षक ढुंगेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालत काठमाण्डौंले गरेको फैसला चित्त नबुझेको भन्दै त्यसको विरुद्ध सरकारी वकील कार्यालय काठमाण्डौंले उच्च अदालत पाटनमा पुनरावेदनको लागि निवेदन दिएको थियो ।
सरकारी वकील कार्यालयले पेश गरेको अभियोगको आधारमा उच्च अदालतले प्रहरी नायव उपरिक्षक ढुंगेलसँग १ लाख रुपैयाँ धरौटी रकम माग गरेको थियो । उच्च अदालत पाटनले गरेको फैसला विरुद्ध ढुंडेल पुनः सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको आदेश बेरितको देखिएको भन्दै जिल्ला अदालत काठमाण्डौंको आदेशलाई नै सदर गरेपछि प्रहरी नायव उपरिक्षक ढुंगेल पुनः काममा फर्कने भएका हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...