रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना १३ महिनाको वसाई पछी सरुवा भएर बिराटनगर गएका छन् । डिएसपी ढुंगाना रामेछाप १३ महिना बस्दा केही महत्वपुर्ण काम गरेका छन् । १३ महिना रामेछापको प्रहरी प्रमुखको भुमिका सम्हालेका ढुंगानाको कार्यकालमा कुनै पनि विवादित काम गरेको बाहिर आएको भेटिएन । डिएसपी ढुंगानाले सोमबार पत्रकार सममेलन गरी रामेछापको १३ महिनाको बसाइको समयमा राजनितिकदल पत्रकार नागरिक समाज बाट आफुलाई ठुलो सहयोग भएको बताए ।
डिएसपी ढुंगानाले भने आफुले नागरिकलाई केन्द्रमा राखेर काम गरेको बताए । पत्रकार सम्मेलनमा जिल्लाको जिम्मेवारी पाएपछि नागरिककै चाहना र भावना अनुसारको काम गरको बताउदै आफ्नो कार्यकालको क्रममा भएका सबै घटनामा संलग्न दोषीलाई पक्राउ गर्न सफल भएको र प्रहरीले काम नगरेको गुनासो गर्ने ठाउँ नदिएको बताए ।
पत्रकार सम्मेलनमा डिएसपी ढुंगानाले १३ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय रामेछापले आदलतबाट विभिन्न मुद्धामा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका ५७ जना अभियुक्तहरुलाई पक्राउ गरेको जानकारी दिए । त्यसैगरी अदालतको फैसलापछि फैसला कार्यान्वयनको क्रममा २०७७ माघ ९ गते देखि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेकोे बताए । ढंगानाका अनुसार पक्राउ परेका ५७ जनालाई कुल ४७ वर्ष सात महिना दुई दिन कैद सजाय र ४३ लाख ८५ हजार ९०५ रुपैँया जरिवाना समेत गरेको जनाएको छ ।
डिएसपी ढुंगानाले रामेछापको बसाइको समयमा हिरासतमा स्वास्थ्य परिक्षण, टेलिभिजन र पुस्तकको व्यवस्थापन,नागरिक सहायता कक्षको स्थापना, गर्नका साथै जिल्ला प्रहरी कार्यालय रामेछाप अन्र्तगतका विभिन्न प्रहरी चौकीहरुको कार्यालय स्थापनाको लागि सात रोपनी जग्गा प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी चौकी गोकुलगंगाको लागि तीन रोपनी, प्रहरी चौकी फुलासीको लागि तीन रोपनी र प्रहरी चौकी लुभुघाटको लागि एक रोपनी गरी जम्मा सात रोपनी जग्गा प्राप्त गरेको छ । प्रहरीले जिर्ण प्रहरी चौकीका कारण भाडामा बस्नुपर्ने अवस्था भएकाले कार्यालय स्थापना गर्नको निमित्त प्रहरीले जग्गा उपलब्ध गराउन पहल गरेको थियो । सोही अनुसार सात रोपनी जग्गा प्राप्त गरेको समेत जानकारी गराएको छ ।