दिदी बहिनी साकोसको १७ औ साधारण सभा सम्पन्न ः ८० लाख भन्दा बढी कारोबार

रामेछाप  । दिदी बहिनी बचत तथा  ऋण सहकारी संस्थाको १७ औ साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष ०७९÷०८० मा कुल ४ लाख ६५ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको जनाएको छ  । १७ वर्ष अघि तत्कालीन महिला तथा बाल वालिका कार्यालयको सहयोगमा कुल २५ जना अगुवा शेयर सदस्यहरूले प्रतिव्यक्ति २५ रुपैयाँ नियमित बचत गरेर सुरु भएको संस्थाले हाल सम्म आई पुग्दा सदस्यता वृद्धि गरी कुल ३ सय ६५ जना शेयर सदस्य पुर्‍याउन सफल भएको जनाएको छ । 

सहकारीको शनिवार मन्थलीमा सम्पन्न १७ औ साधारण सभाका अवसरमा अध्यक्षको  प्रतिवेदन अध्यक्ष सविता न्यौपाने,सचिवको प्रतिवेदन र संस्थाको आगामी वर्षको  प्रस्तावित कार्य योजनको प्रतिवेदन सचिव कल्पना सत्याल घिमिरेले प्रस्तुत गरेका थिए । त्यसैसरि साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक पार्वती पाठकले प्रस्तुत गरेका थिए । साधारण सभाले सबै प्रतिवेदन सर्वसम्मत पास समेत गरेको छ ।

मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले साधारण सभाको उद्घाटन गर्दै दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थालाई सहकारीको क्षेत्रमा चरित्र वान र नमुना सहकारीको रूपमा विकास गर्न आग्रह गरे । उपप्रमुख बस्नेतले यसकालागि  सबै शेयर सदस्यहरू चरित्र वान,क्षमतावान्,संस्कारी र योग्य हुनु जरुरी रहेको बताइन् । सबै कुरा पुरा गर्न सबै सदस्यहरू आर्थिक र क्षमतावान् हुनु जरुरी छ । तसर्थ सबै दिदी बहिनिलाई संस्था मार्फत  आय आर्जनका काममा सरिक हुन आग्रह समेत उपप्रमुख बस्नेतले गरेकी छिन् । उपप्रमुख बस्नेतले दिदी बहिनी साकोसका शेयर सदस्यको क्षमता र वृत्ति विकासका लागि  नगरपालिका पनि आर्थिक लगायत अन्य सहयोग गर्ने तयार रहेको बताएकी छिन् । 

कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलले दिदी बहिनी साकोसका पदाधिकारीहरूको क्रियाशीलताका कारण यसको संस्थागत विकासमा सहयोग पुगेको बताएका छन् । सहकारी सङ्घका अध्यक्ष ढुङ्गेलले यसबाट प्रवाह हुने सबै काम लाई पारदर्शी बनाउँदै नमुना सहकारीको रूपमा विकास गर्न पर्ने भन्दै सहकारीको नीति र विधि अनुसार अघि बढ्न अनुरोध गरेका छन् । 

त्यस्तै गरी जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले दिदी बहिनी साकोसलाई नीति विधि र पद्धतिका आधारमा नमुना साकोसको रूपमा विकास गर्न आग्रह गरेका छन् । त्यसका लागि कर्मचारी पदाधिकारी तथा शेयर सदस्यहरूका लागि सहकारी सम्बन्धी तालीम आवश्यक पर्ने भन्दै उनीहरूको क्षमता विकासमा जिल्ला बचत पनि सहयोग गर्न तयार रहेको बताए । 

सहकारीले साधारण सभाको अवसरमा असल शेयर सदस्य र असल बचतकर्ता तथा असल ऋणीहरू मध्यबाट एक एक जनालाई गरी ३ जना शेयर सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान प्रतिधारा सम्मान समेत गरेको छ  । कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे र शेयर सदस्य शान्ता न्यौपाने सुवेदी लगायतका व्यक्तिहरूले समेत आफ्नो धारण राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ भैँसी बलि हुनबाट जोगियो, अब चिडियाखानामा बस्ने

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ भैँसी बलि हुनबाट जोगियो, अब चिडियाखानामा बस्ने

बङ्गलादेशमा आफ्नो सुनौलो रौँ र अनौठो स्वरूपका कारण "डोनाल्ड ट्रम्प" उपनाम पाएको एउटा दुर्लभ सेतो भैँसी अन्तिम समयमा बलि हुनबाट जोगिएको छ। करिब ७०० किलोग्राम तौल भएको यो भैँसीलाई ईद–उल–अजहाका लागि बिक्री गरिसकिएको थियो। तर, सामाजिक सञ्जालमा यसको भिडियो भाइरल भएपछि...

कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब कम्तीमा १५ देखि अधिकतम ३० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । लगातार तीन वर्षदेखि तलब वृद्धि नभएको र निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेकाले बालेन्द्र...

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी छात्रा रिस्ता कार्की द्वितीय

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी छात्रा रिस्ता कार्की द्वितीय

१८ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा आयोजित बागमती प्रदेश स्तरीय खुला निबन्ध लेखन प्रतियोगितामा रामेछापको मन्थली माध्यमिक विद्यालयकी छात्रा रिस्ता कार्कीले द्वितीय स्थान हासिल गर्नुभएको छ। बागमती प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयद्वारा “गणतन्त्र स्थापनाको १८ वर्ष:...