दिदी बैनी साकोसको साधारण सभा सम्पन्न

Written by meropradesh creator

१६ पुष २०७९, शनिबार

रामेछाप । दिदिबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारण सभा सम्पन्न भएको छ । साकोसले शनिबार आफ्नो १६ औं साधारण सभा भब्य रुपमा सम्पनन गरेको हो ।
साकोसकि अध्यक्ष सोविता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कार्यक्रमकम प्रमुख अतिथि एवं मन्थली नगरपालिकाकी नगर उपप्रमुख ईश्वरी बस्नेतले साकोसको संस्थागत विकासका लागि आफुले सकेको सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख बस्नेतले सदरमुकाममा रहेको एकमात्र महिलाहरुको सहकारीको विकासलाई सृजनशिलता र सिपमा जोडेर महिलाहरुलाई स्वआर्जन तर्फ सिप मुलक तालिम तर्फ उन्मुख गराउँदै अघि बढ्न पनि नेतृत्वलाई सुझाउनु भयो ।

दिदी बैनि साकोसको सहकारी अभियानले उनिहरुको क्षमता तथा नेतृत्व विकासमा पनि निकै सहयोग पुगेको भन्दै यसको विकासका लागि नगरपालिकाले पनि सहयोग गर्ने तत्पर रहेको पनि बताउनु भयो ।
साकोसकि अध्यक्ष सोविता न्यौपानेको अध्यक्षता र सचिब कल्पना सत्यालको संचालनमा भएको उक्त कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले संस्थाले हाल सम्म गरेको कामको प्रशंसा गर्नु हुँदै संस्थालाई यस ठाउँमा ल्याउनका लागि सहयोग तथा योगदान गर्नुहुने अगुवा दिदी बहिनीको भुमिका प्रति धन्यवाद दिनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे,जिल्ला बचत संघका उपाध्यक्ष शिव राज श्रेष्ठ,नेफस्कुन फिल्ड कार्यालय रामेछापका प्रमुख सुर्य बहादुर थापा,संस्थाकि उपाध्यक्ष लक्ष्मी थापा,शेयर सदस्य शान्ता सुवेदी लगाएतका बक्ताहरुले पनि सम्बोधन गर्नु भएको थियो ।

साधारण सभाले सचिब कल्पना सत्यालद्धारा प्रस्तुत साँगठनिक प्रतिबेदन,कोषाध्यक्ष एशोदा घिमिरेद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिका संयोजक पार्वति पाठकले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिबेदन पनि पारीत गरेको छ ।
२०६९ सालमा २५ जना महिला हरुले शुरु गरेको उक्त साकोसमा हाल ३ सय ३१ जना शेयर सदस्य पुगेको जानकारी पनि सो अबसरमा गरार्ईएको थियो । आफुलाई संस्थागत विकासमा अब्बल बनाउने अधियानमा रहेको उक्त साकोसले यस बर्ष कुल १ लाख ४१ हजार ३ सय रुपैयाँ मुनाफा गर्न सफल भएको पनि कोषाध्यक्षको प्रतिवेदनमा उल्ल्ोख गरिएको छ । त्यसैगरि संस्थाको कुल निक्षेप ४६ लाख ५० हजार ९ सय ७८ रुपैयाँ र कुल लगानी ४० लाख १५ हजार रुपैयाँ रहेको पनि सो अबसरमा जानकारी गराईएको थियो ।

साधारण सभाका अबसरमा संस्थागत विकासमा आरम्भबाटै सहयोग पुर्याए वापत संस्थापक अध्यक्ष कविता सुवेदी,संस्थापक उपाध्यक्ष कोपीला घिमिरे र जेष्ठ सदस्य मध्यबाट बद्रीका भुजेललाई प्रमुख अतिथी बस्नेतले दोसल्ला र सम्मानपत्र द्धारा सम्मान गर्नु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...