रामेछाप । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधव नेपाल विच पार्टी कार्यालय धुम्बाराहीमा बार्ता शुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधव नेपाल आफ्नो समुहको नेता सहित नेकपा एमालेको पार्टिकार्यालय पुगेर बार्तामा बसेको छ ।
कार्यालयमा ओली समूहका नेता सुवास नेम्बाङ र नेपाल समूहका नेता भीम रावल‚ सुरेन्द्र पाण्डे‚ घनश्याम भुसाल पुगेका छन् । वार्ता ११ बजे बस्ने भनिए पनि नेताहरु केही समय ढिला गरेर पुगेका हुन् । दुवै पक्षबीच वार्ता सुरु भएको नेताहरुले बताएका छन् ।
खनाल–नेपाल समूहले आइतबार ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिष्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो । पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको जनाइएको छ । यी समूहबीच झण्डै चार महिनापछि भेट हुन लागेको हो ।