धर्म र मनोरञ्जनको संगमस्थल बन्दै स्थानापती

Written by meropradesh creator

१३ मंसिर २०७८, सोमबार

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको स्थानापती माहादेव मन्दीर धर्म संगै मनोरञ्जनको संगम स्थल बनेको छ । मन्थली नगरपालिकाको लगानीमा सिँढि निर्माण भए संगै मानिसहरु फोटो खिच्न र टिकटक बनाउन जानेको चहलपहल बढेको छ । सिँढि निर्माण भए संगै पूर्वको दोश्रो पशुपतिनाथको रुपमा चिनिने बाहुनचुरामा रहेको स्थानापति महादेव मन्दिरमा पछिल्लो समय भक्तजनको चहलपहल पनी बढन थालेको छ । मन्दिरमा दर्शन गर्नको शाथै मनोरञ्जन गर्न रामेछाप बाहेक दोलखा सिन्धुली ओखलढुङा लगाएत काठमाण्डौ बाट समेत मानीसहरु आउने गरेका छन् । वडाको सक्रियतामा नगरपालिकाले निर्माण गरेको सिँढि आर्कषक देखिएकोले समेत मानीसहरु दैनिक फोटो खिच्न र टिक टक बनाउन भिडभाड हुने गरेको स्थानियको भनाई छ ।


विशेष गरी सन्तान नभएको दाम्पत्तिले स्थानापती मन्दिरमा गएर सन्तान माग्दा सन्ता लाभ हुने जनविश्वास रहेको मन्दिरमा अहिले दैनिक सयौं भक्तजनको भिड लाग्ने गरेको छ । बहिरा महादेवको रुपमा चिनिने स्थानापति महादेव मन्दिरको प्रवद्र्ध गर्ने उद्देश्यले नगरपालिकाले मन्दिरसम्म जाने गोरेटो बाटोलाई फराकिलो बनाएर सिँढि निर्माण गरेपछि भक्तजनको संख्यामा बृद्धी भएको हो । महादेव मन्दिर प्रबद्र्धनको लागि मन्थली नगरपालिकाले ८० लाख रुपैयाँ बजेट विनियोजन गरि सिँढि निर्माण गरेकोे छ । काठमाडौंको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेश्रो तथा पूर्वको दोश्रो पशुपतिनाथको रुपमा पुजिने थानापति महादेव मन्दिर जाने बाटो अप्ठेरो ठाडो उकालो भीर भएकाले भक्तजनको सहजताको लागि सिँढि निर्माण गरिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।

थानापति महादेव मन्दिर सदरमुकाम मन्थलीबाट १५ किलोमिटरको दूरीमा रहेको छ । मन्थलीबाट गेलु, फुलासी र मन्थली बाट चनखु हुँदै जादा महादेव मन्दिर परिसरसम्म सवारी साधन पुग्ने भए पनि मन्दिरको काखमा रहेको भीरमा सानो महादेव लगायतका देवताथानहरु रहेकाले भक्तजनहरु भीरको बाटो भएर नै मन्दिर जाने गरेकोले सिँढि निर्माण संगै सिँढिको डिल साइटमा रेलिङ्ग हालिनेकाम सम्पन्न भइसकेको मन्थली नगरपालीका–९ का वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर (भरत)ले बताए । साथै भक्तजनहरुलाई खानेपानी धाराको समेत ब्यवस्था गरिएको अध्यक्ष मगरले जानकारी दिए । स्थानापाती मन्दिरमा विषेशगरी शिवरात्री, तीजपर्व, ठूलो एकादशी, बालाचर्तुदशी, ऋषि पञ्चमी र श्रावण पूर्णिमाजस्ता पर्वमा भब्य मेला समेत लाग्ने गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...