धमाधम चोरीको मोटरसाइकल पक्राउ गर्दै ट्राफिक प्रहरी

Written by meropradesh creator

३ भाद्र २०७९, शुक्रबार

रामेछाप । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चेकजाँचमा कडाई गरेसँगै जिल्लाका विभिन्न स्थानबाट १५ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ ।

चोरीमा संलग्न गिरोहले राजधानी काठमाण्डौं, ललितपुर, भक्तपुर लगाएतका विभिन्न जिल्लाहरुवाट मोटरसाइकल चोरी गरि रामेछापमा ल्याएर विक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच बढाएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसँगै एक महिनाको अवधिमा रामेछापवाट १५ वटा चोरीको मोटरसाइकल बरामद गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले भने– मोटरसाइकल चोरी गरि बाहिरी जिल्लावाट रामेछाप भित्राएर चोरीमा संलग्न गिरोहले विक्री गरेका मोटरसाइकल प्रहरीको आँखा छल्दै ग्रामिण भेगमा बढी मात्रामा कुदाउने गरेको सूचना पाएपछि प्रहरीले अभियान नै चलाएर धमाधम पक्राउ गर्न थालिएको छ । प्रहरीले चलाएको यो अभियान हरेक गाउँका बस्तीबस्तीसम्म पुर्याउने गरी योजना अघि वढाएको प्रमुख श्रेष्ठले बताए ।

केही दिनअघि प्रहरीले चेकजाँचको क्रममा रामेछाप नगरपालिका–७ सुकाजोरवाट बा ८२ प ७१७३ नम्वरको पल्सर मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल नयाँवानेश्वर स्थित शान्तिनगरको खरिवोटवाट हराएको भनि सवारीधनीले खोजविनको लागि प्रहरी बृत नयाँवानेश्वर निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रहरीले देशभरका प्रहरी युनिटलाई उक्त मोटरसाइकल खोजी गर्न पत्राचार गरेको थियो ।

सोही पत्रको आधारमा ट्राफिक प्रहरीले जिल्लामा चेकजाँच बढाउँदा रामेछापका सुकाजोरवाट उक्त मोटरसाइकल फेला पारेको हो । प्रहरीले फेला पारेको मोटरसाइकल धनी इलाम जिल्ला सूर्योदय नगरपालिका–६ कन्याम घर भई हाल पुरानो वानेश्वर–३२ बस्ने गोपाल निरौलालाई खबर गरी उक्त मोटरसाइकल हस्तान्तरण गरेको छ ।

यसैगरी प्रहरीले चेकजाँचको नियन्त्रणमा लिएका मोटरसाइकलहरु मध्ये ५ जना सवारीधनी अहिलेसम्म पनि प्रहरीको सम्र्पकमा आएका  छैनन् । ती वाहेक प्रहरीले ३ वटा मोटरसाइकल र धनीलाई आवश्यक कारवाहीको लागि नयाँ वानेश्वर बृत्त र थानकोट बृत्त लगाएतको स्थानमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय रामेछापले मोटरसाइकल चोरीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...