भदौ १ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपरामा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु भएको छ। शनिबार बिहान करिब ८ बजे खेतको काम सकेर घर फर्कदै गरेका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार जंगली जनावर रोक्न राखिएको करेन्टयुक्त बारमा परेपछि घटनास्थलमै ज्यान गएको हो।
ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी माधव प्रसाद काफ्लाका अनुसार उक्त करेन्ट स्थानीय महेन्द्र सरदारले धानबाली जोगाउन खेत वरिपरि लगाएको पाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









